गौरीगञ्ज।
‘मानव बेचविखन र ओसारपसार रोकांै, सभ्य समाजको निर्माण गर्ने अभियानमा सबै मिलेर अगाडि बढौं’ भन्ने नाराका साथ इलाका प्रहरी कार्यालय गौरीगञ्जको आयोजनामा मानव बेचविखनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मानव बेचविखन र ओसारपसारविरुद्ध सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । गौरीगञ्ज माविका विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी लगायतको ¥यालीले गौरीगञ्ज बजार परिक्रमा गरेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराईले विगतका तीन वर्षको तथ्याङ्क अनुसार आठ सय ११ जना अशिक्षित महिला मानव तस्करीमा परेको बताए । उनका अनुसार बेचविखन तथा ओसारपसारमा एक हजार दुई सय नौ जना पीडितहरु मध्ये तीन सय ८५ जना पीडित १९ देखि २५ वर्षका महिलाहरु रहेको पाइएको छ ।
कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार तेस्रो ठूलो अपराध उद्योगको रुपमा देखिएको हुुँदा यस अन्तर्गत दासत्व, श्रमशोषण, मानव अंग झिक्ने लगायतका कार्यहरु रहेको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले बताए । उनले संसारभरिका अन्तर्राष्ट्रिय सीमाहरुमा प्रत्येक वर्ष छ लाखदेखि आठ लाख मानिसहरु मानव बेचविखन तथा ओसारपसारको सिकार हुने गरेको बताउँदै त्यसमध्ये ८० प्रतिशत पीडित महिलाहरु र ५० प्रतिशत बालबालिकाहरु रहेको तथ्याङ्क सार्वजनिक गरेका थिए ।
कार्यक्रममा कुनै प्रकारको ललाइफकाइ प्रलोभनमा पारी, जालसाजी गरी वा करकापमा पारी वेश्यावृद्धिमा लगाउने वा शोषण गर्न लगाउने उद्देश्यले त्यस्तो कार्य गर्नेलाई मानव बेचविखन ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुर गरेमा कसुरको अवस्था हेरी तीन महिनासम्मको कैद र पाँच हजार रुपैयाँ जरिवाना र अधिकतम् २० वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना रहेको कानूनमा व्यवस्था रहेको जानकारी दिइयो ।
कार्यक्रममा गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मखना महतो, फुलवती राजवंशी, जयनारायण दास, प्रधानाध्यापक गोविन्द घिमिरे, ट्राफिक इञ्र्चाज भोजराज चम्लागाई लगायतले शुभकामना दिएका थिए ।





























