न्यूटन्स् सगरमाथा क्लबले दियो वृद्धवृद्धालाई खुशी

0
475

बिर्तामोड।

न्यूटन्स् एजुकेशन एकेडेमी सगरमाथा टिन्स क्लबका विद्यार्थीहरुले वृद्धवृद्धाहरुसँग खुशी साटासाट गरेका छन् ।

बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धआश्रममा रहेका ३० जना वृद्धवृद्धाहरुलाई खाना र फ्रुटी खुवाउँदै खुशी साटासाट गरेका हुन् ।

विगत केही वर्षदेखि ‘सोसियल वर्क क्लब’ को नामले विद्यालयमा सञ्चालन भइरहेको क्लवलाई २०७६ सालदेखि आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. १ विराटनगरद्वारा वैधानिकरुपमा सगरमाथा टिन्स क्लबको नाममा परिवर्तन गरेको विद्यालयका इञ्चार्ज देवेन्द्र हुमागाईले बताए ।

सामाजिक कार्यमा समर्पित यस क्लबले ‘म अघि बढ्छु’ भन्ने नारासहित विद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा अग्रसर गराएर व्यवहारिक शिक्षा प्रदान गरिएको क्लबकी इञ्चार्ज मिनु शिवाकोटीले बताइन् ।

अघिल्ला वर्षहरुमा पनि सेवा भावनाले समर्पित थुप्रै कार्यहरु सम्पन्न भइसकेको र विद्यार्थीहरुले स्वतः स्फुर्तरुपमा १०, २० रुपैयाँ दानपेटिकामा संकलन गर्दै क्लबले सामाजिक कार्यलाई अगाडि बढाएको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here