नेवाः देय दबूको सभा

0
865

बिर्तामोड।

नेवाः देय दबू झापा जिल्ला समितिको वार्षिक साधारणसभा तथा रजत जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिनेश शाक्यको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष कृष्ण उदासको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ, संस्थाका राष्ट्रिय परिषद् सदस्य कालीदास श्रेष्ठ, केन्द्रीय सदस्य सुन्दरी श्रेष्ठ, राष्ट्रिय पहिचान संरक्षक तथा गुठी विधेयक समितिका संयोजक गणपतिलाल श्रेष्ठ, संस्थाका पूर्व उपाध्यक्ष पूर्णकृष्ण श्रेष्ठ, पूर्व महासचिव पवित्र बज्राचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष दिनेश शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष केशव ताम्राकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भक्तमान शाक्य सिरपा अवार्ड नगद पाँच हजारसहित झिगु नेवा खल धुलाबारीलाई र नेवाः देय दबू काँकरभिट्टालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेवाः देय दबू झापाकी सचिव तिलरुपा श्रेष्ठले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here