लागूऔषध दुव्र्यसन रोक्न माग

0
727

गौरीगञ्ज ।

गौरीगञ्ज गाउँपालिकाको दक्षिणी खुल्ला सीमा क्षेत्र फत्तेपुर, अल्ताबारी र देवीगञ्जबाट अवैध रुपमा लागूऔषध भित्रिरहेको भन्दै त्यसलाई रोक्न नेपाल विद्यार्थी संघ गौरीगञ्ज गाउँ समितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।

गौरीगञ्ज लगायत झापाको विभिन्न स्थानबाट पछिल्लो समय गोप्यरुपमा नसालु पदार्थ बिक्रीवितरण हँुदै आएको जनाउँदै गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख राजु दाहाल, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराई, सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक साइमन श्रेष्ठलाई नेपाल विद्यार्थी संघले ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल विद्यार्थी संघ झापाका जिल्ला सदस्य देवकुमार ताजपुरिया, गौरीगञ्ज बहुमुखी क्याम्पस इकाइ सभापति कृष्णदास बाबाजी, सचिव स्तप हुसेनको संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपाल विद्यार्थी संघले स्थानीय सरकार र प्रशासनले यस्ता कार्यहरुमा निगरानी तथा नियन्त्रण गर्न विशेष कदम चाल्न माग गरिएको छ ।

गौरीगञ्ज लगायतका क्षेत्रका युवालाई लागूऔषध दुव्यर्सनीबाट बचाउन ध्यानाकर्षण पत्र बुझाएको नेपाली विद्यार्थी संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here