हत्याको आरोपमा एक पक्राउ

२० भाद्र २०७६, शुक्रबार मा प्रकाशित

गोरखा,

हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो ।

“लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको बालुवा चोरीको आरोप लगाई निर्घात कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “रिस थाम्न नसकी कुटपिट गर्दा लामाको मृत्यु भएको अनुसन्धानबाट पाइएको छ ।”

पक्राउ परेका लामाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here