काठमाडौँ ।

हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको फिल्म ‘लक्का जवान’ छायाकंनमा गइरहेको छ । यसैबिच फिल्म छायाकंनबाट नायिका वर्षा सिवाकोटीको भूमिकाको तस्विर बाहिरिएको छ ।
फिल्ममा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी छन् । यो कुराको उनी आफैले फेसबुको स्टोरीमा तस्विर राख्दै जानकारी दिएकी थिइन् ।
फिल्ममा किरण केसी, दीलिप रायमाझी, सलोन बस्नेत, शिवहरी पौडेल प्रियंका कार्की,राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । लचित्रको प्रस्तुतकर्ता ध्रुवदत्त र अनुसुयषा श्रेष्ठ हुन् ।
चलचित्रको किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका हुन् भने सुरेन्द्र केसी र दीपेन्द्र खनिया सह–निर्माता हुन् ।
यो चलचित्र चैत ७ गतेबाट प्रर्दशन हुदैँछ । केही समय पहिले यहि बाट फिल्म बाट दिलिप रायमाझीकाी छोरीले पनि फिल्ममा डेब्यु गर्ने कुरा थियो तर त्यो कुरामै सिमित भयो । पछि फिल्ममा वर्षा फाइनल भएकी हुन ।

























