पूर्व राज्यमन्त्री र शाही शासनकालका क्षेत्रीय प्रशासकसहित आधा दर्जन नेता कार्यकर्तालाई अनुशासनको कारवाहीका लागि सिफारीस

0
699

झापा,

झापामा डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जवराले नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच टकराव शुरु भएको छ ।

जिल्लामा पार्टीको समान्नतर समिति बनेपछि दुईपक्षबीचको विवाह बाहिर आएको हो । यहि विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्यसमिति झापाले पुर्वमन्त्रीसहित आधा दर्जन नेता कार्याकर्तालाई कारवाहीका लागि सिफारीस गरेको छ ।

झापामा समान्नतर समिति गठन गरेको भन्दैं पूर्व श्रम राज्यमन्त्री टेकनारायण राजवंशी, शाही शासनकालका क्षेत्रीय प्रशासक प्रजापति कोइराला, चेतनाथ थापा, विजय दाहाललाई अनुशासनको कारवाहीको लागि केन्द्रमा सिफारीस गरेको हो । डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जवराले नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले साउन २१ गते सम्पन्न गरेको एकीकरण घोषणा सभामा झापामा ओमप्रकाश मिश्रको अध्यक्षतामा जिल्ला कार्य समिति झापा गठन गरेको थियो । त्यस लगत्तै असन्तुष्ट पक्षले भदौ १४ मा लक्ष्मीप्रसाद ओडारीको अध्यक्षतामा अर्काै समान्नतर समिति गठन गरेपछि दुई समुहबीच विवाद चुलिएको थियो ।

समानन्तर समितिको अध्यक्षमा लक्ष्मीप्रसाद ओडारी चयन भएपनि समिति बनाउन माथि उल्लेखित व्यक्तिहरुको भूमिका उल्लेखय भएका कारण कारवाहीको माग गरिएको पार्टीले जनाएको छ । मिश्र पक्षधरले ओडारी पक्षलाई विष्णु भट्टराईलाई केन्द्रीय उपाध्यक्ष भन्दैं गलत प्रचार गरी भ्रम सिर्जना गरेको प्रमुख अतिथि बनाएको, आरोप समेत लगाएको छ । राष्ट्रवादी र प्रजातान्त्रिक एकीकरण समायोजन प्रक्रिया पुरा भएर जिल्ला, नगर, वडातहमा भइरहेको समायोजनका क्रममा केन्द्रिय संयोजन समितिले मेची अञ्चलकालागि तोकेको केन्द्रीय पदाधिकारी र सदस्यहरुको समायोजन समितिले केन्द्रको विधि र निर्देशन प्रक्रियालाई लिएर साउन २१ मा झापामा घोषणा सभा गरेर पार्टीको झापा जिल्ला कार्य समिति गठन गरेको थियो ।

भेलाले तात्कालिन प्रजातान्त्रिकका लक्ष्मीप्रसाद ओडारीलाई झापाको निर्दैशन समितिको संयोजकमा चयन गरेको केन्द्रलाई पठाएको पत्रमा उल्लेख छ । तर, मिश्र नेतृत्वको जिल्ला समितिले झापालाई पूर्णता प्रदान गरी संगठन विस्तार गदैं क्षेत्र, नगर, वडा मा समायोजन कार्य गरीरहेका बखत भदौ २४ गते लक्ष्मीप्रसाद ओडारीको नेतृत्वमा समान्नतर समिति गठन भएको उल्लेख छ ।

जिल्लामा केन्द्रको निर्देशन पालना नगरी समान्नतर समिति बनाएका कारण अनुशासनको कारवाहीको माग गरिएको मिश्र पक्षका जिल्ला सचिव निरबहादुर कार्की नेत्रले जानकारी दिए । पार्टीका संगठन विभाग प्रमुख ध्रुवबहादुर प्रधानलाई सम्बोधन गरेर केन्द्रीय कार्यालयका लागि लेखेको पत्रको बोधार्थ पार्टीका १ नम्बर प्रदेश संयोजक सुनीलबहादुर थापालाई दिईएको छ । पत्रमा माथि उल्लेखित व्यक्तिहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाहीको सिफारीस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here