किरण मानन्धरको ‘आत्मा’ प्रदर्शनी

0
917

ललितपुर, 

कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ ।

कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको सो प्रदर्शनीमा राखिएका चित्रको मूल्य रु एक लाखदेखि पाँच लाखसम्म रहेको छ । “चित्रबाट आत्मा र परमात्मा दुवैको महत्व बुझ्न सकिन्छ”, मानन्धरले भन्नुभयो, “अमेरिका, अफ्रिकालगायत विदेशी मुलुकमा बढी चर्चा कमाएको ती चित्रले नेपालमा पनि यसको अर्थ र भाव बुझाउन सफल हुँदै गएको छ ।”

यस्ता प्रदर्शनीले चित्रकाला बुझ्ने खुबीको विकास गराउने उहाँको भनाइ थियो । प्रदर्शनीमा उपस्थित उद्योगपति विनोद चौधरीले चित्रमा माता लक्ष्मी र सरस्वतीको बास हुने भएकाले यसको भाव बुझेर अवलोकन गर्न सबैलाई आग्रह गर्नुभयो ।

चिकित्सक भगवान कोइरालाले प्रदर्शनीमा राखिएका चित्रले सो क्षेत्रमा लाग्ने जुनसुकै व्यक्तिको मनोबल बढाउन सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनी दुई हप्ता चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here