शान्तिपुरमा भिरबाट ट्रक खस्यो दुईको मृत्यु,दुई घाइते

0
547

बिर्तामोड।

इलामको रोङ गाँउपालिका–१ मा भएको सवारी दुर्घटनामा दुई ब्यक्तिको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रोङ–१ स्थित सिरिसेबाट बाँस बोकेको मे १ ख २२५६ नम्बरको मिनि ट्रक सुर्योदय नगरपालिका हुदैं झापा आउने क्रममा शान्तिपुर स्थित लट्टेभिरबाट खसेको थियो । शुक्रबार साँझ ७ बजेभएको सवारी दुर्घटनामा चालक झापाको दमक–५ का ध्रुब कार्की र बुद्धशन्ति–५ का रविन नेपालको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

नेपालको शव राती नै पोष्टमार्टमका लागि फिक्कल पठाइएको थियो भने कार्कीको शव शनिबार बिहान मात्रै फेला परेको रोङ–१ का वडाध्यक्ष वुद्धिबहादुर ढकालले जानकारी दिए । ट्रक भिरबाट खस्नासाथ स्थानीय उद्धारमा जुटेका थिए । घाइते अवस्थामा बुद्ध्शान्ति–५ का नरेश खड्का र रमेश चौहानको उद्धार गरेर राती नै बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा उपचार शुरु भएको छ ।

शन्तिपुरमा भएको योसवारी दुर्घटना पहिलो भन्दै स्थानीयले दुःख ब्यक्त गरेका छन् । यसैबीच शन्तिपुर–झापा एकता समाजले शान्तिपुरमा भएको सवारी दुर्घटनाले सिंगो शान्तिपुर स्तब्ध बनेको जनाएको छ । समाजले सडकको स्तरोन्नतीमा ध्यान दिन स्थानीय सरकारको ध्याकषर्ण गराउने भएको छ ।

जोखिम मोलेर सवारी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भन्दै सवारी सञ्चालन गर्दा बाटोको भौगोलिक अवस्थाको ख्याल गर्न समाजले सबैसंग आग्रह समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here