दाहाल प्रतिष्ठानमा पुन : वेदप्रसाद

0
879

बिर्तामोड ।

दाहाल प्रतिष्ठान बिर्तामोडको अध्यक्षमा वेदप्रसाद दाहाल चयन भएका छन् ।

बिर्तामोडमा आज भएको चौथो अधिवेशनबाट उनी पुनः अध्यक्षमा चयन भएका हुन् । प्रतिष्ठानको उपाध्यक्षमा पुष्पा दाहाल, सचिवमा लक्ष्मण दाहाल, सह सचिवमा श्याम दाहाल र कोषाध्यक्षमा तुलसी दाहाल चयन भएका छन् ।

समितिको सदस्यमा दिपक दिनेश दाहाल, गोपा, दाहाल, युवराज दाहाल, घनश्याम दाहाल , प्रेमप्रसाद दाहाल, पुण्यकला दाहाल, प्रजापति दाहाल, मित्रलाल दाहाल, कृष्ण दाहाल, तारा दाहाल, विश्वराज दाहाल रहेका छन् । त्यस्तै लेखा समिति समेत गठन भएको बताइएको छ ।

दाहाल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद दाहलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानले पाँच जना विद्यार्थीलाई सम्मान गरेको थियो । सम्मानित हुने विद्यार्थीहरुमा हरिहर दाहाल, अविरल दाहाल, निराजन भट्टराई, घनश्याम दाहाल र सुशसाङ्क दाहाल रहेका छन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

स्व.हरिप्रसाद दाहाल स्मृति प्रतिष्ठानले स्थापना गरेको पुरस्कारबाट उनीहरुलाई नगद सहित सम्मान सहित पुरस्कृत गरिएको हो । त्यस्तै उत्कृष्ठ ऋणि तर्फ कृष्ण प्रसाद दाहाल र बचत कर्ता मालु दाहाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव पुण्यप्रसाद खाहाल, सदस्य दिपक दिनेश दाहाल, हरिप्रसाद दाहाल, खड्गप्रसाद दाहाल लगायतले बोलेका थिए । प्रतिष्ठानका उपाध्यक्ष पुष्पा दाहालले स्वगत गरेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here