नेकपाको २७ विभागका प्रतिनिधिको शपथ

0
426

बिर्तामोड।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले विभिन्न २७ वटा विभागीय जिम्मेवारी पाएका प्रतिनिधिलाई शपथ ग्रहण गराएको छ ।

नेकपा झापाले शनिवार बिर्तामोडस्थित पार्टी कार्यालयमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी झापाका २७ वटै विभागीय प्रतिनिधिहरुलाई शपथ ग्रहण गराएको हो । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ सहइञ्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नरेश खरेललेशपथ ग्रहण गराएका थिए ।

नेकपा झापा अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला इञ्चार्ज रवीन कोइराला, सहइञ्चार्ज देवेन्द्र दाहाल र हरि राजवंशी, नेकपाका नेता झलकसिंह दर्लामी लगायत केन्द्रीय सदस्य, प्रदेशका विभिन्न तहतप्काका प्रतिनिधि र झापा जिल्लाका विभिन्न तहतप्काका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेकपाका नेता प्रेम गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here