नवदुलहीलाई सृजनशीलको हजार उपहार

0
411

बिर्तामोड।

बिर्तामोड भित्रिएका नवदुलहीले अब हजार उपहार पाउने भएका छन् । तर, दुलाह वा उनको परिवार बिर्तामोडमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएको हुनुपर्छ । सहकारीमा सबै दुलहीलाई आवद्ध गराउँदै स्वावलम्बी बनाउन सहकारीले यस्तो अभियान सञ्चालन गरेको हो ।

विवाहमा हुने फजुल खर्चलाई घटाउँदै बचत गर्ने बानीको विकासका लागि सहकारीले नवदुलहीलाई सहकारीमा निःशुल्क खाता खोल्दै एक हजार रुपैयाँ बचत गर्ने कार्यक्रम अघि सारेको सहकारीका अध्यक्ष डम्वर बिमलीले जानकारी दिए ।

सहकारीको शुक्रवार भएको १४औं साधारणसभामा अध्यक्षको प्रतिवेशन प्रस्तुत गर्दै उनले यो कार्यक्रमसँगै सहकारीले शेयर सदस्य भएका घरभित्र सुत्केरी भएका नाबालकको नाममा निःशुल्क खाता खोल्दै एक हजार रुपैयाँ जम्मा गर्ने कार्यक्रम लागू गरेको जानकारी दिए । जसका कारण बालबालिकाको भविष्य सुरक्षित हुने र बचत गर्ने वानीको विकासले भावी दिनमा फाइदा पुग्ने सहकारीले लक्ष्य लिएको बताइएको छ ।

संस्थाको १४औं वार्षिक साधारणका अवसरमा सहकारीले शेयर सदस्य, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणीलाई सम्मान गरेको छ । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्येष्ठ शेयर सदस्य देबी खतिवडा, नियमित बचतकर्तातर्फ दीपेन्द्र श्रेष्ठ, उत्कृष्ट बचतकर्तातर्फ सन्तोष साह, हरिकृष्ण खतिवडा, उत्कृष्ट क्रमिक बचतकर्तातर्फ निर्मला राजवंशी, रेणु साह सोनारलाई नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट ऋणीतर्फ गोमादेवी ओझा, केकैयादेवी तिम्सिना, विवेक गजमेरलाई नगदसहित सम्मान गरिएको थियो । शेयर सदस्य तथा कर्मचारीका छोराछोरी मध्येबाट २०७५को प्रवेशिका परीक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रतर्फ एञ्जल बिनायक पोखरेल, छात्रातर्फ शालिका पतङ्वालाई नगदसहित सम्मान गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी वैंककी प्रवन्धक मीना घिमिरे, बुद्धनगर सहकारी संस्थाका अध्यक्ष युवराज प्रसाई, ग्लोवल कृषि सहकारीका सदस्य तोयानाथ दाहाल, कञ्चनजंघा एफएमका कार्यक्रम प्रस्तोता शिरोमणि खतिवडा (शिरोसान्दाई), साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका रामलोचन न्यौपाने लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक तारा निरौला ढकालले गरेकी थिइन् । अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष बिमलीले प्रस्तुत गरेका थिए । सहकारीले २०७५÷०७६मा २२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिए पनि २४ करोड ६१ लाख १० हजार ३ सय सात रुपैयाँ पु¥याएको छ ।

आर्थिक वर्ष २०७६÷०७७मा संस्थाले २९ करोड रुपैयाँ निक्षेप पु¥याउने लक्ष्य लिएको छ । शेयरतर्फ सहकारीले १५ लाख ८० हजार रुपैयाँ पु¥याउने लक्ष्य लिएको भए पनि शेयर रकम बृद्धि गर्दै १९ लाख १४ हजार ३ सय रुपैयाँ पु¥याएको छ । सहकारीले आर्थिक वर्ष २०७६÷०७७मा २० लाख रुपैयाँ शेयर पूँजी पु¥याउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here