विराटनगर र बिर्तामोडमा इ–क्यानको शैक्षिक महोत्सव

२२ भाद्र २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान) पूर्वाञ्चलले प्रदेश–१ मा शैक्षिक महोत्सवको आयोजना गरेको छ ।

इ–क्यान पूर्वाञ्चलले मोरङको विराटनगर र झापाको बिर्तामोडमा शैक्षिक महोत्वसको आयोजना गरेको हो । विराटनगरमा उद्घाटन गरेर बिर्तामोडमा समापन गर्ने उद्धेश्यका साथ दोस्रो शैक्षिक महोत्सवको आयोजना गरेको इ–क्यान पूर्वाञ्चलका अध्यक्ष रोशन निरौलाले बताए ।

आगामी भदौं ३० गते विराटनगरको सेन्ट्रल महलमा शैक्षिक महोत्सवको उद्घाटन हुने छ । दुई दिनसम्म विराटनगरमा शैक्षिक महोत्सव चल्ने छ भने असोज १ र २ गते बिर्तामोड स्थित सिटी पार्टी प्यालेसमा इ–क्यान पूर्वाञ्चल महोत्सवको आयोजना गरीएको बिर्तामोडमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवमा विराटनगर र बिर्तामोडमा ३५–३५ वटा स्टलहरु रहने अध्यक्ष निरौलाले जानकारी दिए । विभिन्न देशका युर्निभर्सिटी, कलेज तथा नेपालका कन्सल्टेन्सीहरुले सहभागिता जनाउने महोत्सवमा २० हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने महोत्सव आयोजक समितिका झापा संयोजक मदन बुढाथोकीले जानकारी दिए ।

महोत्सवमा १० भन्दाबढी मुलुककका देशहरुकोसहभागिता रहने जनाइएको छ । विद्यार्थीले आफ्नो योग्यता अनुसारको शैक्षिक संस्था छनोट गर्ने यो सुवर्ण अवसरभएको महोत्सव आयोजक समितिका झापा सह–संयोजक अशोक भण्डारीले बताए ।

विराटनगर र बिर्तामोडमा हुने चार दिने शैक्षिक महोत्सवमा २१ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा विद्यार्थीले चाहेको युर्निभसिटीहरुमा स्पोट एडमिसन गर्न सकने आयोजक संस्थाका सदस्य लक्ष्मीकान्त खनालले जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्यहरु मिलन ओली, अग्नी प्रसाई, दिपक गौतम लगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

महोत्सवमा सहभागिता जनाउने विद्यार्थीलाई आकर्षक उपहारको ब्यवस्था गरिएको जनाइएको छ । इ–क्यान पूर्वाञ्चलमा दुई दर्जनबढी कन्सल्टेन्सीहरु आवद्ध रहेको बताइएको छ । महोत्सवमा युरोपियन मुलुकका देशहरुको समेत सहभागिता रहनेभएकाले मौकाको विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here