बिर्तामोड,
आफ्ना ग्राहकलाई आँँखाको उपचारमा सहुलियत प्रदानन गर्ने उदेश्यले सिभिल बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडले बिर्ता आइकेयर प्रालिसंग सहकार्य गरेको छ ।
आई केयर प्रालिले आँँखाको सामान्य जाँचदेखि शल्यक्रिया गर्दा समेत छुट प्रदान गर्ने भएकपछि बैंकले आइ केयर प्रालिसंग सहकार्य गरेको बैंकका शाखा प्रवन्धक टंक पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार अब हरेक ग्राहकले आँखाको जाँचमा विशेष सुबिधा पाउने भएका छन् । 
आई केयर प्रालिका सञ्चालक समिति अध्यक्ष भवानीप्रसाद पाठक र बैंकका शाखा प्रबन्धक पौडेलबीच आज (आइतवार) सभ्झौता भएको छ । सम्झौतामा ओपीडीदेखि शल्यक्रिया गर्दा समेत विशेष छुट प्रदान गरिने उल्लेख छ । आफ्ना ग्राहकलाई विशेष सुविधा दिने र सबैलाई स्वास्थ्य राख्न बैंकले विशेष पहल शुरु गरेको पौडेलले बताउनुभयो ।
यता आईकेयर प्रालिका अध्यक्ष पाठकले सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले यस्तो सेबाको सुरुवात गरेको बताउनु भएको छ । मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्दै आफूहरुले बैंकसंग सहकार्य गर्दै विशेष सेवाको सुरुवात गरेको बताउनुभयो । यो कार्यक्रमबाट विपन्न समुदयका सर्वसाधारण बढी लाभान्वित हुने आफूहरुले अपेक्षा लिएको अध्यक्ष पाठकको भनाई छ । सो समारोहमा अस्पतालकी प्रवन्धक रञ्जिता भट्टराईले अस्पतालले प्रदान गर्ने जुनसुकै सेवामा पनि अब सिभिलका ग्राहकले सुविधा पाउने बताउनुभयो ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नारा सहित सिभिल बैंकले विभिन्न कार्यक्रम गर्दै आएको बैंकका शाखा प्रवन्धक पौडेलले बताउनुभयो ।






























