सुरुङ्गा
झापाको गौरादह नगरपालिकामा आज्ञात समूहले आइताबार राति बम बिष्फोट गराएको छ ।
बिफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको एक थान गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार राति साढे १२ वजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्वरको बोलेरो गाडी पूर्ण रुपमा क्षति भएको हो ।

बम बिष्फोटका कारण कार्यालय परिसरमा राखिएको गाडी पूर्ण रुपमा क्षति भएसंगै प्रहरी घटनास्थललाई सुरक्षित बनाएको छ । कार्यालय भित्र समेत अन्य शंकास्पद बस्तु हुन सक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिपोजल टोली बोलाएको बताइएको छ ।
यता बिर्तामोड नगरपालिका – २ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नव निर्मित भवनमा राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।

घटनामा संम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुबै तर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्पल)का कार्यकर्ताले बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । तर, घटनाको जिम्वेवारी कसैले पनि लिएका छैनन् ।
यस अघि बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत वम विष्फोट भएको थियो । –––






























