प्याब्सन अर्जुनधाराको अतिरिक्त क्रियाक्लाप कार्यक्रम सम्पन्न

२३ भाद्र २०७६, सोमबार मा प्रकाशित

अर्जुनधारा।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन(प्याब्सन) झापाको आयोजना र अर्जुनधारा नगर प्याब्सनको कार्यान्वयनमा नगरस्तरिय अतिरिक्त क्रियाक्लाप कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय कालिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तोयानाथ रेग्मीले गरेका थिए ।

नगर प्याब्सनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक बालगोपाल गौतमका अनुसार प्याब्सनमा आवद्ध २७ विद्यालयमध्ये २४ विद्यालयका तीन सय ५० जना विद्यार्थीको उक्त कार्यक्रमअन्र्तगत विभिन्न प्रतियोगितामा सहभागीता रहेको थियो । कार्यक्रममा आकस्मिक वकतित्वकलातर्फ ओमप्रकाश न्यौपाने र कुमार मिश्र, कविता लेखन र वाचनतर्फ कुमार भट्टराई र कृष्ण बराल र बुद्धीचालतर्फ गोपाल चौहन निर्णायक रहेका थिए ।

कार्यक्रम अन्र्तगत प्रावि तहको हाजिरी जवाफ प्रतियोगितामा प्रथम ब्लयू हेभन एजुकेसन फाउण्डेसन, द्धितीय देवभूमी विद्यापीठ अङग्रेजी आवासिय विद्यालय र तृतीय कालिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय तथा निमावि तहको हाजिरी जवाफ प्रतियोगितामा प्रथम रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय, द्धितीय ब्लयू हेभन एजुकेसन फाउण्डेसन र तृतीय न्यू होप अङग्रेजी माध्यमिक विद्यालय भएका छन् ।

त्यसैगरी निमावि तहको श्रृती लेखन प्रतियोगिताको छात्रतर्फ प्रथम स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय देवभूमी विद्यापीठ अङग्रेजी आवासिय विद्यालय र तृतीय प्रगति अङग्रेजी आवासिय विद्यालय तथा छात्रातर्फ प्रथम देवभूमी विद्यापीठ अङग्रेजी आवासिय विद्यालय र ब्रीलीयन्ट पीपुल्स अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय प्रगति अङग्रेजी आवासिय विद्यालय र तृतीय स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय भएका छन् ।

त्यस्तै निमावि तहको कविता लेखन तथा वाचन प्रतियोगिताको छात्रतर्फ प्रथम कालिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय सूर्यज्योती अङग्रेजी आवासिय विद्यालय र तृतीय प्रगति अङग्रेजी आवासिय विद्यालय तथा छात्रातर्फ प्रथम स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय एम्स एकाडेमी र तृतीय न्यू होप अङग्रेजी माध्यमिक विद्यालय भएका छन् ।

यता मावि तहको आकस्मिक वकतित्वकला प्रतियोगिताको छात्रतर्फ प्रथम रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय, द्धितीय ब्रीलीयन्ट पीपुल्स अङग्रेजी माध्यमिक विद्यालय, र तृतीय देवभूमी विद्यापीठ अङग्रेजी आवासिय विद्यालय र सूर्यज्योती अङग्रेजी आवासिय विद्यालय तथा छात्रातर्फ प्रथम देवभूमी विद्यापीठ अङग्रेजी आवासिय विद्यालय, द्धितीय एम्स एकाडेमी र तृतीय रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय भएका छन् । त्यस्तै मावि तहको खुल्ला बुद्धीचाल प्रतियोगितामा प्रथम एम्स एकाडेमी, द्धितीय स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय र तृतीय न्यू होप अङग्रेजी माध्यमिक विद्यालय भएका छन् ।

प्रतियोगिताअन्र्तगत निमावि तहको हाजिरी जवाफ र मावि तहको आकस्मिक वकतित्वकला प्रतियोगितामा प्रथम हुने छात्र र छात्रा दुवै यही भदौ २९ गते प्याब्सन झापाले आयोजना गर्ने जिल्लास्तरिय प्रतियोगिताका लागि छनौट भएको कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।

आगामी पुस २४ गते प्याब्सन दिवसको दिन उत्कृष्ट १० लाई पुरस्कृत गर्ने गरी सोही कार्यक्रमअन्र्तगत प्रावि तहको छात्र र छात्रा चित्रकला प्रतियोगिता, निमावि तहको अङग्रेजी तथा नेपाली माध्यममा निबन्ध प्रतियोगिता, मावि तहको अङग्रेजी तथा नेपाली माध्यममा निबन्ध प्रतियोगिता र मावि तहको एकल चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रममा अर्जुनधारा–१०का वडाध्यक्ष बलदेवसिंह गोम्देन, प्याब्सनका केन्द्रीय सदस्य मोहनकुमार सुब्बा, प्याब्सन झापाका सहसचिव प्रभुकुमार श्रेष्ठ, सदस्यद्धय ईश्वरा श्रेष्ठ र सुमन शर्मा जम्मरकट्टेललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले र प्रतियोगिताको सञ्चालन कोषाध्यक्ष कुमार रायाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here