मिस टिन २०१९ प्रदेश १ को उपाधी बिर्तामोडकी सौगातलाई

२४ भाद्र २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

मिस टिन २०१९ प्रदेश १ को उपाधी झापा बिर्तामोडकी सौगात तिवारीले हात पारेकी छिन् ।

ड्म्सि वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको प्रतियोगिताको पाँचौ संशकरणको ताज सौगातले पहेरिएकी हुन् । १३ बर्षीया सौगात बिर्तामोडको कञ्चनजंघा इंग्लिस स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् ।

बिर्तामोडमा सम्मपन्न कार्यक्रममा २०१८ की मिस टिन रिचा ढकालले उनलाई ताज पहराइदिएकी थिइन् । प्रतियोगिताको फ्रस्ट रनर अफ तेह्थमकी सितल गुरुंग र सेकेण्ड रनरअप मेचीनगरकी प्रजिता श्रेष्ठ बनेका छन् ।

बिजेताले नगद पुरस्कार सहित उच्च शिक्षाका लागि छात्रबृत्ती हात पारेका छन् । त्यस्तै लिटल मिस्टर एण्ड मिस बिर्तामोडको उपाधी आश्रेया बराल र युनिस अधिकारीले हात पारेका छन् । प्रतियोगिताको फ्रस्ट रनर अप अन्शु कोइराला र अनमोल लुइटेल तथा सेकेण्ड रनरअप सन्ध्या राजबंशी र सुजल कुमार गुप्ता बनेका छन् ।

कार्यक्रमको मुख्य निर्णायकमा मिस्टर वल्र्ड नेपाल अध्यक्ष जंग रायमाझी रहनु भएको थियो । त्यसैगरी मिस पूर्वाञ्चल पुजा श्रेष्ठ, मिस प्रोविन्स वान सुप्रिया कडरिया, एमएटि कलेजका फाउण्डर प्रिन्सीपल आरएस ढकाल, स्कूल अफ ह्याप्पीनेशका फाउण्डर हरि सिटौला, एकाडेमिसियन जेन्नी राई र मिस प्रोविन्स वानकी सेकेण्ड रनर अप सुप्रिया कोइराला निर्णायकमा रहनु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here