बिर्तामोडको बजेट एक अर्ब १२ करोड

0
719

बिर्तामोड।

बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बरावरको बजेट सार्बजनिक गरेको छ ।

बिर्तामोडलाई ‘पूर्बाधारयुक्त नगर, विषादिरहीत कृषि र व्यवसायको अभिवृद्धि सभ्य र स्वस्थ नागरिक, बिर्तामोड नगरपालिकाको समृद्धि’ भन्ने मूल नारासहित नगरले आर्थिक वर्ष २०७६÷०७७का लागि बजेट सार्वजनिक गरेको हो । संघीय सांसद पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच तेस्रो नगरसभाबाट पारित वजेट, नीति र कार्यक्रम सार्वजनिक गरिएको हो ।

जसमा आन्तरिक आम्दानी २० करोड, २७ लाख ५० हजार, (घर जग्गा रजिष्टे«शन ९ करोड समेत) नेपाल सरकार बित्तीय समानिकरणबाट २० करोड ९६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट ८२ लाख ९४ हजार, नेपाल सरकार सशर्त अनुदान २४ करोड ८२ लाख, सामाजिक सुरक्षा भत्ता १० करोड, समपूरक कोष बापत २ करोड, लागत सहभागिता वापत ८० लाख, संघीय सरकारको राजश्व वाँडफाँड वापत प्राप्त हुने रकम १३ करोड ८ लाख , प्रदेश सरकारको राजश्व वाँडफाँडबाट प्राप्त हुने रकम १ करोड ५७ हजार २ हजार, एडीवी मार्फत १७ करोड समपूरक अनुदानबापत २ करोड र जिससमार्फत ९९ लाख रुपैयाँ आम्दानी अनुमान गरी सोही वमोजिमको रकम खर्च हुने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

सोही अवसरमा उत्कृष्ट सञ्चारमाध्यमका रुपमा कञ्चनजंघा एफएम, नगर शिक्षा विकास पत्रकारिताबाट पत्रकार कृष्ण हुमागाँई र राजु पाठकलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । एफएमको सम्मान–पत्र प्रबन्ध निर्देशक चन्द भण्डारीले ग्रहण गरेका थिए ।

त्यस्तै बिर्तामोडमा रहेका अस्पतालहरु बिर्तासिटी, वीएण्डसी, कञ्चनजंघा, कन्काई, अञ्जली, मेची आँखा अस्पताल, दृष्टि आइ हस्पिटल, बिर्तामोड आँखा अस्पताल, मनमोहन सामुदायिक अस्पताललाई सम्मान गरिएको थियो । त्यस्तै १० वटै वडा कार्यालयमा उत्कृष्ट काम गर्ने समूह, उत्कृष्ट राष्ट्रसेवक पुरस्कार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र वडा नम्वर १का सचिव टीका अधिकारीलाई प्रदान गरियो । त्यस्तै पूर्व नगर शिक्षा अधिकृत युवराज पाण्डेलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

बिर्तामोड नगरपालिका उपप्रमुख पबित्रा महतरा प्रसाईले स्वागत गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व भण्डारी, पूर्व नगरशिक्षा अधिकारी पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जय तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here