शिवम् को नयाँ परियोजना

0
1224

बिर्तामोड।

शिवम् हाउजिङ प्रालि बिर्तामोडले सोमबारबाट सुरक्षित आवासको बुकिङ खुल्ला गरेको जनाएको छ ।
सोमबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रालिले दुईवटा हाउजिङ कोलोनीमा बन्ने घरहरुको बुकिङ खुल्ला गरिएको जनाएको हो ।

झापाको बिर्तामोडमा बन्ने ‘शुभम्’ तथा ‘हरिहर’ नाम दिइएका दुईवटा हाउजिङ कोलोनीको निर्माण तीव्र गतिमा भइरहेको प्रालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिए । उनले भने– ‘हामीले सुरक्षित आवासका लागि घरहरुको बुकिङ आजैबाट खुल्ला गरेका छौं ।’ बढ्दो शहरीकरणसंगै अव्यवस्थित बसोबासले जरा गाडेको अवस्थामा ती हाउजिङ कोलोनी व्यवस्थित र सुविधासम्पन्न हुने जनाइएको छ ।

प्रालिका अर्का सञ्चालक निर्मल भट्टराईका अनुसार उक्त कोलोनीहरुमा बिजुली, टेलिफोनका तार सबै जमिनमुनि राखिनेछ । उनले भने– ‘हामी सुरक्षा लगायत सबै किसिमले उक्त आवास क्षेत्रलाई व्यवस्थित बनाउने कुरा विश्वास दिलाउन चाहन्छौं ।’ १५ धुरभन्दा बढी जमिनमा बनिने घरमा कार पार्किङ, फूलबारी लगायत सबै खाले सुविधा उपलब्ध हुने हाउजिङका सञ्चालक समिति सदस्य भट्टराईले बताए । एउटा घरको मूल्य कम्तीमा ९९ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

पूर्वाञ्चलमै सबैभन्दा ठूलो स्मार्ट हाउजिङ्गका रुपमा अब शिवम् हाउजिङ्ग प्रालिले बिर्तामोडका २ अलग–अलग स्थानमा सुगम् कोलोनी र हरिहर कोलोनीका नाममा सामुदायिक बसाइको अवधारणा ल्याएको छ । विगत एकदशकदेखि घर जग्गा व्यवसाय गर्दै, अलग्गै पहिचान बनाउन सफल शिवम् हाउजिङ्ग प्रालि बिर्तामोडको मेगा कम्प्लेक्समा आफ्नो अफिस सञ्चालन गरीे सबैको विश्वासिलो बनेको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गबाट १.८ किलो मिटर दक्षिण कञ्चनजङ्गा स्कूलको दक्षिणपट्टि बिर्तामोड वाड नं. ४ हर्कलाल मार्गसगैँ जोडिएको सुगम कोलनीको (एक बिगाह १५ कठ्ठा ६ धुर) क्षेत्रफलमा बनेको कोलोनीको लागत ५० करोड रहेको र २९ वटा आकर्षक र मजबुत घरहरु निर्माण भइरहेको बताइएको छ । हरिहर कोलोनी ५ विगाह ५ कठ्ठामा ८० वटा आकर्षक घरहरु ८० करोडको लगानीमा निर्माण भएको शिवम् हाउजिङ्ग प्रालिका प्रवन्धक निर्देशक सुदीप प्रसाईले जानकारी दिए ।

उनले भूकम्प प्रतिरोधात्मक, वास्तुशास्त्र बमोजिम सबै कोठाबाट वरण्डा निकालिएको र अण्डर ग्राउन्ड, बिजुली, केवल र नेटको तारहरु भएको घरको आजबाट बुकिङ खुल्ला भएको र सो हाउजिङ्गमा एउटा घरको मूल्य ९९ लाख पर्ने बताए ।

१५ धुरमाथिका क्षेत्रफलमा बनिने अढाई तले सुन्दर घर कोलोनी जसमा उपभोक्ताले कम्युनिटी हल, स्वीमिङ पुल, निजी पार्किङ्ग, फिट्नेस सेन्टर र चिल्ड्रेन पार्कको आनन्द लिन पाउनेछन् । आवास निर्माणका लागि नेपाल सरकारबाट स्वीकृत प्राप्त, प्रमाणित र गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्दै, लामो अनुभवबाट खारिएका दक्ष एवम् कुशल आर्किटेक्ट स्ट्रकचर इञ्जिनियर, सिभिल इञ्जिनियरसहितको बिज्ञ तथा शिवम् हाउजिङ्ग प्रालिमा अनुभवी कर्मचारीहरु खटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा शिवम् हाउजिङ्गका प्रोपाइटर प्रसाईको अध्यक्षता रहेको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य शिवम् हाउजिङ्गका प्रोपाइटर गोपीकृष्ण प्रसाईले राखेका थिए । कार्यक्रममा शिवम् हाउजिङ्गका प्रोपाइटरहरु निर्मल भट्टराई, डा. पुष्पा रेग्मी, गौरी भण्डारी, ज्ञानु प्रसाई लगायत शेयर सदस्यहरु भगिरथ पोद्दार, सजेश शिवाकोटी, सञ्जीव घिमिरे, दीपक संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

सो भवनहरु सुगम कोलोनी अढाई बर्षमा र हरिहर कोलोनी ४ बर्षभित्रमा तयार पार्ने लक्ष्य लिएको शिवम् हाउजिङ्गका प्रोपाइटर अध्यक्ष प्रसाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here