भाषणमा सत्यता नरहेको दावी

0
465

झापा।

भ्रष्टाचारविरुद्धको अभियानका अभियन्ताहरुले झापाको बिर्तामोडमा आएर सार्वजनिक गरेको वेरुजु र मोजमस्ती शीर्षकको खर्चमा कुनै सत्यता नरहेको झापाको शिवसताक्षी नगरपालिकाले दावी गरेको छ ।

सभाका वक्ता ज्ञानेन्द्र शाहीले सर्वसाधारण जनतालाई भ्रममा पार्ने र जनमत बटुल्न खोजेको आरोप लगाउँदै नगरपालिकाका प्रवक्ता नवीन इजमले उनको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् ।

शिवसताक्षी नगरपालिकाले सोमबार एक बिज्ञप्ति प्रकाशित गर्दै ‘भाद्र २१ गते शनिबारका दिन बिर्तामोडमा भएको कार्यक्रमका शिवसताक्षी नगरपालिकाको नाम जोडेर गरेको भाषणको हामी खेद प्रकट गर्दछांै ।’

शाहीले जिल्लाका १५ वटै स्थानीय तहमा जनप्रतिनिधिले गरेको बेरुजु र अन्य कार्यालय सञ्चालन खर्चलाई मोजमस्ती शीर्षक दिएर भ्रष्टाचारको आरोप लगाएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक बर्ष २०७४÷०७५को मलेप डोरले सामाजिक सुरक्षा भत्ता बैकमार्फत वितरण गर्नुपर्नेमा विविध कारणले नगदै वितरण गरेको हुँदा उक्त रकमलाई शाहीले भ्रष्टाचार भनेकाले नगरपालिकाले दुःख व्यक्त गरेको नगर प्रवक्ता इजमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकामा प्राप्त हुने वार्षिक सामाजिक सुरक्षा भत्ता वापतको रु. १० करोड ७५ लाख १९ हजार नियमित गर्नुपर्ने भनी औंल्याएको बेरुजु रकमलाइ शाहीले भ्रष्टाचार भनी असान्दर्भिक र झुटो विवरण पेश गरेर सर्वसाधरणलाई झुक्याएको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here