झापामा कांग्रेसले शुरु ग¥र्यो दोस्रो चरणको जागरण अभियान

0
656

विर्तामोड।

जननायक वी.पी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले आजदेखि देशब्यापी रुपमा दोस्रो चरणको हिपतम जागरण अभियान प्रारम्भ गरेको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाको १०६ औं जन्मजयन्तीको स्मरणस्वरुप देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटाका दरले विरुवा रोप्दै हिपतम अभियानको प्रारम्भ गरिएको हो । सो क्रममा वीपीले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो ।

कांग्रेसको देशब्यापी कार्यक्रम अन्तर्गत झापाका पनि १० वटै प्रदेश निर्वाचन क्षेत्रमा वृक्षरोपणसहितका विविध कार्यक्रम सम्पन्न भएका छन् । प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय, सार्वजनिक स्थल, कांग्रेसका पार्टी कार्यालय तथा सामुदायिक भवन परिसरमा बृक्षारोपण गरिएको छ ।

आसन र भाषणभन्दा बढी रचनात्मक तरिकाले गरिएका अधिकांश कार्यक्रममा वृक्षरोपणस्थलमै वीपीको तस्बिरमा माल्यार्पण, श्रद्धाञ्जली अर्पणसहित वीपीको ब्यक्तित्वबारे चर्चा गरिएको हो । पर्यावरणीय सन्तुलनमा पार्टीका तर्फबाट योगदान पु¥याउने उद्देश्यअनुरुप मंगलबार देशभर बृक्षरोपण गरिएको हो ।

झापा क्षेत्र नं १ को प्रदेश (क) क्षेत्र अन्तर्गत कांग्रेसको १ नं क्षेत्रीय कार्यालय परिसर, समाज सेवा सुधार संघ, जिल्ला अपाङ्ग संघ कार्यालय परिसरमा १०६ वटा विभिन्न प्रजातिका विरुवा रोपिएका छन् ।

जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि तथा सांसद रमेशजंग रायमाझीको प्रमुख आतिथ्य र १ (ख) का केन्द्रीय प्रतिनिधि तथा सांसद विन्दिया कार्कीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व सांसद उषा गुरुङ, १ नं क्षेत्रीय सभापति मणिकुमार उप्रेती, रचना घिमिरे लगायतले वीपीको राजनीतिक योगदानका बारे चर्चा गर्नुभयो ।

नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं–१ प्रदेश क क्षेत्रीय समितिका सभापति हर्क फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बद्री खड्काले गर्नुभएको थियो ।

यसैगरी झापा निर्वाचन क्षेत्र नं–१ (ख) को हातेमालो सामुदायिक बन परिसरमा बृक्षरोपणसँगै जागरण अभियानको प्रारम्भ गरिएको छ । सांसद विन्दिया कार्कीको प्रमुख आतिथ्य र रमेशजंग रायमाझीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता लोकराज ढकाल, १ नं क्षेत्रीय सभापति मणि उप्रेती, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, इन्द्र बुढाथोकी, दुर्गा खतिवडा लगायतको सहभागिता रहेको थियो । सिता घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत शरद शिवाकोटी र सञ्चालन विष्णु रिमालले गर्नुभएको थियो ।

यसैगरी झापा क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र क समितिले विर्तामोड नगरपालिका वडा नं–१० मा रहेको धार्मिक पर्यटकीय क्षेत्र विराटपोखरमा १०६ वटा विरुवा रोपेको छ ।

प्रदेश २ क का लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्य र ख का लागि केन्द्रीय प्रतिनिधि सुनिल शर्माको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला, प्रवक्ता लोकराज ढकाललगायतले वी.पी.को राजनीतिक योगदानबारे चर्चा गर्नुभयो । धर्म लक्सम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जलकुमार गुरुङ र सञ्चालन भोजराज सिटौलाले गर्नुभएको थियो ।

यसैगरी झापा क्षेत्र नं २ ख अन्तर्गत नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालय परिसर र अर्जुनधारा खेलमैदानमा गरी विभिन्न प्रजातिका १०६ विरुवा रोपिएको छ । सुनिल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि बसन्त भट्टराईले जागरण अभियानको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

किरण श्रेष्ठको सभापतित्व र हेमराज खरेललको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन डिल्लीराम सापकोटाले गर्नुभएको थियो । यसैगरी झापा क्षेत्र नं ३ को प्रदेश निर्वाचन क्षेत्र ख अन्तर्गत पञ्चमुनी मा.वि.को हाताभित्र १०६ वटा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । जागरण अभियानका लागि कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि हसन अन्सारीको प्रमुख आतिथ्य र जिल्ला सचिव ताराविर कटुवालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ झापा सभापति सुशिला ढकाललगायतले मन्तब्य राख्नुभयो ।

नविन विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत लेखनाथ सुवेदी र सञ्चालन खगेन्द्र अधिकारीले गर्नुभएको थियो । यसैगरी झापा क्षेत्र नं–३ प्रदेश क अन्तर्गत कचनकवल–६ बनियानीमा निर्माणाधीन अस्पताल परिषरमा वृक्ष रोपण गरिएको छ । प्रदेश नं–१ मा नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक केदार कार्कीको प्रमुख आतिथ्य तथा जिल्ला सदस्य कालेन्द्र राजवंशी, क्षेत्रीय सभापति गणेश पोखरेललगायतले बोल्नुभएको थियो । चिन्तामणि खरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

यसैगरी झापा क्षेत्र नं–४ अन्तर्गत प्रदेश क मा जन आदर्श मा.वि. शिवगञ्जमा बृक्षारोपण गरिएको छ । केन्द्रीय प्रतिनिधि दिपेन्द्र सेन्दाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फे, भक्ति सिटौला, पर्शुराम ढुङ्गाना लगायतले वी.पी.को राजनीतिक योगदानबारे चर्चा गर्नुभयो ।
कमल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टङ्क मैनालीले स्वागत र सञ्चालन मोहन बस्नेतले गर्नुभएको थियो ।

यता झापा क्षेत्र नं–४ कै प्रदेश ख अन्तर्गत कनकाई नगरपालिका वडा नं–५ मा रहेको वीपी बन बाटिकामा १०६ वटा विरुवा रोपिएको छ । सांसद लोकप्रसाद संग्रौलाको प्रमुख आतिथ्य र नेपाली कांग्रेस ४ नं क्षेत्र अन्तर्गत प्रदेश ख का सभापति भीम राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव प्रेम सम्बाहाम्फे, क्षेत्रीय सभापति जयनारायण शाह, गोपाल उप्रेती, सुन्दरा लुहागुन लगायतले वी.पीको ब्यक्तित्व र जागरण अभियानकाबारे धारणा राख्नुभयो ।

यसैगरी झापा क्षेत्र नं ५, प्रदेश क निर्वाचन क्षेत्रीय समितिले गौरादह स्वास्थ्य चौकी र दुर्गा अतिथि सदन परिषरमा १०६ वटा विरुवा रोपेको छ ।

जागरण अभियानका केन्द्रीय प्रतिनिधि शेखरचन्द्र थापाको प्रमुख आतिथ्य र रोहितकुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, ५ नं क्षेत्रीय सभापति ढुण्डि भण्डारी, लगायतले धारणा राख्नुभयो ।

यसैबीच झापा क्षेत्र नं ५ कै प्रदेश निर्वाचन क्षेत्र ख अन्तर्गत नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय र दमक नगरपालिकाका १० वटै वडामा विरुवा रोपिएको छ ।

जागरण अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि विनोद राईको प्रमुख आतिथ्य र ने.का. झापाका उपसभापति राम कट्टेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सांसद महेन्द्राकुमारी सुब्बा, क्षेत्रीय सभापति ढुण्डि भण्डारीलगायतले बोल्नुभएको थियो । पदम सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here