औषधि व्यवसायी संघमा नेतृत्वका ६ सिद्धान्त

२५ भाद्र २०७६, बुधबार मा प्रकाशित

सुरेश खतिवडा,

औषधि व्यवसायी अन्य व्यवसायभन्दा फरक र मानिसको जीवनमरणसँग सरोकार राख्ने व्यवसायका रुपमा परिचित छ । जसले यो व्यवसाय अंगालेको छ । उसमा व्यापारिक मनशाय भन्दा पनि सेवा भावना बढि हुनु अपरिहार्य छ । तर, पछिल्ले समय पहिलो प्राकृतिको मनशायको हावीका कारण सर्वसाधारणमा यो व्यवसायप्रतिको विश्वास केही खस्किएको नकार्न सकिन्न । जसलाई मर्यादित र अनुशासित बनाउने कार्यमा यसका नेतृत्वकर्ताहरु अन्तर मनबाट जाग्न र लाग्न जरुरी देखिन्छ ।

केन्द्र र अञ्चलका पूर्वअध्यक्षहरु निवर्तमान अध्यक्षहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु यस व्यवसायको साख तल गिर्न नदिन त्यतिकै जिम्मेवार बनेर लाग्नुपर्दछ । मेरो कार्यकालमा राम्रो गरेको थिए अहिले भएन अथवा मलाई यसपटक योजनाबद्ध रुपमा पराजित गराइयो भन्नेखालका वितृष्णा फैलने र गलत सन्देश जाने तरिकाका ब्याख्या गरिनुभन्दा पनि अबका नेतृत्वले यसरी जाने हो भने हस्तक्षेपकारी सुझाव र सल्लाह दिन त्यतिकै अग्रसर रहनुपर्दछ ।

देश नयाँ संरचनामा गएसँगै नेपाल औषधि व्यवसायी संघले पनि आफ्नो रुप र आकार परिवर्तन गर्दैछ । अञ्चल शाखाहरु तदर्थ समितिहरु बन्दै प्रदेशमा गाभिएका छन् भने प्रत्येक अञ्चलभित्रका जिल्लाहरुले अधिवेशन गर्दै जिल्ला कार्यसमितिहरु गठन गर्ने क्रममा छन् । प्रदेश नं. १ अन्तर्गत २०४० सालमा स्थापित मेची अञ्चल शाखा अन्तर्गतका जिल्लाहरुमध्ये झापा शाखाको प्रथम अधिवेशन नै अन्तिम जिल्ला अधिवेशनका रुपमा भदौ २७ गते सम्पन्न हुँदैछ । मेची अञ्चलभरिका शाखाहरु मध्ये निकै महत्वपूर्ण मानिएको र उत्सुकतापूर्वक हेरिएको झापा शाखाको नेतृत्व कस्तो हुनुपर्ने हो भन्ने निर्णय अब जिल्लाभरीका औषधि व्यवसायीहरुले गर्ने बेला भएको छ ।

किनकि झापाले स्थानीय निकायदेखि केन्द्रसम्म नै विशेष स्थान राख्दछ । यहाँको नेतृत्व छान्ने क्रममा व्यवसायीहरुले ठूलो समूह, ठूलो भुडी, ठूलो गाडी ठूलो परिवार र ठूलो खान्दानभन्दा पनि ठूलो मन अनि भावना र चाहाना फारकिलो भएको नेतृत्व चयन गर्नुपर्दछ । आयुर्वेदिक र एलोपेथिकका खुद्रा, थोक, सुपर गरी झापा जिल्लाभरि यो व्यवसाय गर्नेको संख्या, चार सय पचासभन्दा माथि रहेता पनि नेपाल औषधि व्यवसायी संघको रेकर्ड पूर्ण नवीकरणसहित चार सय ४६ जनाले प्रत्यक्ष मतदान गर्दै नेतृत्व चयन गर्दैछन् । यो पंक्तियारलाई आफ्ना मुद्दाहरु स्थापित गराउन सामुहिक सहयोग खड्किएको अनुभवका आधारमा निम्नानुसार नेतृत्व चयनका आधारहरु हुन सक्दछन् ।

१) औषधि व्यवसायीको प्रतिष्ठा जोगाउने नेतृत्व

औषधि व्यवसायीको व्यापारी होइन । औषधि व्यवसाय भनेको विभिन्न तहमा फार्मेसी पढेका र ओरियन्टेशन गरेका नेपाल सरकारको एक विभागीय निकाय औषधि व्यवस्था विभागमा दर्ता भएका, करको दायरामा समेटिएको, सेवाभाव पहिलो र तोकिएको नाफा दोस्रो प्राथमिकतामा राखिएको प्रतिष्ठित व्यवसाय हो ।

जहाँ दर्ता भएका औषधिहरुको कारोबार हुने गर्दछ भने अबको नेतृत्वले यसलाई गुमराहमा राखेर हैन खुलेर हाम्रा सेवा भावनाको र समाजमा योगदानको सकारात्मक प्रचार गरिनुपर्दछ । एउटी कुखुरीले त एउटा सानो अण्डा पार्दा आफ्नो सफलताको जानकारी ठूलो आवाज र हलचलले सारा गाउँलाई गराउँदछे भने हामी हाम्रा भएका सकारात्मक प्रभाव बारे प्रचार किन नगर्ने ।

त्यसकारण संघको राम्रो प्रचार र सन्देश विभिन्न सञ्चारमाध्यमबाट समाजमा प्रचार गर्न र गराउन सक्ने नेतृत्व र्र्नै आवश्यक छ भन्ने बुझेर व्यवसायीले आफ्नो हितमा मतदान गर्नुपर्छ । स्थानीय निकाय, स्थानीय संघ–संस्था संगठन र चलिरहेको कार्यक्रमहरुसँग समन्वय गराएर समाजमा परिचित गराउन सक्ने नेतृत्व आवश्यक छ ।

२) व्यवहारिक समस्या बुझेको नेतृत्व

औषधि व्यवसायीका व्यवहारिक समस्याहरु के–के हुन सक्छन् ? सोका बारेमा जानकार नेतृत्व र्नै आजको आवश्यकता हो ।

व्यवसायिक हकहित र सुरक्षा, संस्थाको कामको पारदर्शिता र सूचना प्रवाहसँगै औषधि व्यवसाय स्थान व्यवसायी स्वयम्ले चौविसै घण्टा नगिरनी गर्नु नै पर्ने, खाना खान र फ्रेस हुन समेत व्यवसाय स्थलमा ताला नै लगाउनुपर्ने विषय, व्यवसायीले सहयोगी राख्न पाउनुपर्ने विषय, छरछिमेक र पल्लो पसलेलाई स्वास्थ्य क्षेत्रको भएको नाताले प्रेसर नापी दिन, काटेको घाँउमा वेटाडिन लगाइदिन, ह्यान्डिप्लाष्ट टाँसी दिन अनि परामर्श दिन समेत क्लिनिक दर्ता अनिवार्य गरेको विषय, आक्रमक र प्रचारात्मक अनुगमनले व्यवसायमा परेको नकारात्मक असर, प्रेस्कृप्सनमा लेखिने फुड सप्लिमेन्टस, न्यूट्रासिटिकल्स र मल्टिभिामिन्स बारे घुमाउरो पारामा खुइा व्यवसायीलाई पारिँदै आएको नराम्रो छापको विषय, ढुवानीमा नयाँ व्यवस्थाले ल्याएको व्यावधान जस्ता लुप्त व्यवहारिक विषयमा आवाज बुलन्द बनाइदिने नेतृत्वको हामीलाई जरुरी छ ।

३) कुर्सी पाउनु जीत होइन चुनौति सम्झने नेतृत्व

झापा जिल्ला खुल्ला सीमाना भारतसँग भएको जोडिएको जिल्ला हो । यहाँभित्र मनासयले बहुआम्दानी हुने गरी कारोबार गर्नेहरुको उपस्थिति छ । त्यसैले हामीले हाम्रा व्यवसायीलाई छिटो आम्दानी हुने कारोबारमा नलोभिइकन व्यवसाय गर्न उत्प्रेरित गर्नुप्र्दछ भने सरोकारवालाहरुलाई सहयोग ।

हाम्रो कार्यक्षेत्र नरहे पनि, लागूऔषध ओसार–पसार र लागूऔषध दुव्र्यसनीको कुरा उठ्ने बित्तिकै औषधि व्यवसायीको संलग्नता छ कि भन्ने आशंका र सभा सेमीनारमा हुने चर्चालाई चिर्ने सक्ने नेतृत्व आजको आवश्यकता हो । सम्बन्धित निकायलाई सहयोग गर्ने र भ्रम चिर्न सक्ने खुबीसहित तालिम, गोष्ठी, सेमीनार, अन्तरक्रिया मार्फत व्यवसायीहरुलाई सचेत गराउने नेतृत्व आजको आवश्यकता हो । पद लिनु जीत हैन पाँच सय व्यवसायीको उत्तरदायित्व बहन गरिएको बुझ्ने नेतृत्व हुनुपर्दछ ।

४) संकुचित र अहम् होइन प्रजातान्त्रिक र फराकिलो भावनाको नेतृत्व

औषधि व्यवसायी संघ प्रतिष्ठित र पुरानो संरचना हो । यसले औषधि व्यवस्था विभागमा दर्ता र पानको क्लियरेन्सलाई मानेर व्यवसायीलाई सदस्यताको आधार बनाएको छ । तर, पछिल्लो समय र प्रगतिशिल र नयाँ–नयाँ अनुसन्धानको अध्ययनले हो, नेतृत्वको कमजोरी या असावधानीले हो या निश्चित स्वार्थको उद्देश्यले हो ।

एउटै व्यवसाय भएता पनि नयाँ–नयाँ नारा र मुद्राहरु स्थापित गराउन छुट्टाछुट्टै समूह र संघहरु गठन गर्ने र पुरानो संघबाट उपलब्धी नदेख्ने परिपाटीको विकास भएको छ । जसको सम्बोधन नेतृत्वले प्रजातिान्त्रक रुपमा गरिनुपर्दछ । जहाँ औषधि, त्यहाँ फर्मासिस्ट, परिचयपत्र र एप्रोनको नारा, आयुर्वेद विधाको प्रबद्र्धन, आयत र सुपरका मुद्दाहरु सम्बोधन गर्ने पहलसहित नेतृत्वले व्यवसायी व्यापारीको संगठन हैन सबै साना–ठूला र फरक–फरक विधाका धेरै थोरै अध्ययन गरेका सबैको छाता रुपी संघ हो भन्ने भावना अधिकार गरिनुपर्दछ ।

५) नेतृत्व परम्परागत होइन अपडेट चाहिन्छ :

औषधि व्यवसाय नेपालमा मात्र सञ्चालित छैन । यसको विश्व बजार र संरचना छ । दैनिक नयाँ रिसर्चहरु हुने गर्दछन् । प्रयोग गर्न हुने नहुने अधिक प्रयोगले के हुने तथा कुन मोलिक्यूल्मको आगमन हुँदैछ र कुन रेसिस्ट जस्ता कुराहरु दैनिक अपडेट हुँदैछन् ।

तर, हामी सम्पूर्ण व्यवसायीहरु बजार प्रतिनिधिले गरिएका आफ्ना प्रोडक्टको प्रचारबाजी बाहेक अन्य प्रक्रियाबाट रिफ्रेस हुन सकेको छैनौं न त सरकारी विभागीय निकायबाटै । त्यसकारण अबको नेतृत्व तीन बर्षमा व्यवसायीकोमा पुग्नेभन्दा पनि आधुनिक सञ्चार, आमसञ्चार र आधुनिक प्रविधि मार्फत प्रत्येक व्यवसायीलाई विश्वको औषधि सम्बन्धी सञ्जाल र सूचनाहरुसँग जोड्न सक्ने हुनुपर्दछ । प्राविधिको पहुँच मिलाउँदै प्रत्येक सूचना र औषधिका गतिविधि व्यवसायीमाझ पुर्याउन सक्ने अपडेटेड हुनुपर्दछ ।

६) आत्म केन्द्रित नेतृत्व बहिष्कार गर्नुपर्दछ

हामी समग्र व्यवसायीले संघलाई आफ्नो व्यवसाय प्रबद्र्धनको आधार मात्र बनाउने, संस्थापन समितिमा नाम टिपाउन होडबाजी गर्ने, स्वार्थी तत्वहरुको इशारामा संघलाई प्रयोगमा ल्याउने, नजिकका नातागोता र आसेपासेलाई संघको गरिमा नबुझिकन जिम्मेवारी सुम्पने र पारदर्शिताको सिद्धान्त अपनाउन नचाहने र संघलाई आफ्नो मात्र सामाजिक प्रतिष्ठाको आधार मान्ने नेतृत्व यो मतदानबाट बाहिर राख्नु हामी सम्पूर्ण स्वाभिमानी व्यवसायीहरुको कर्तव्य हुन आउँदछ ।

समग्रमा भन्नुपर्दा हामीलाई थाह छ एउटी आमाले तबसम्म त्यो खाटमा या झोलुङ्गोमा रहेको दूधे नानीलाई दूध चुसाउँदिनन् जबसम्म त्यो बच्चा रोएर सकेत गर्दैन भने हामी त त्यो चेतना नभएको बच्चाभन्दा अचेत बनेर होइन अनुभवका आधारमा सचेत बन्ने समय आएको छ । आफ्ना लागि आफैले अधिकार र सहज बातावरण बन्ने नेतृत्व खोज्ने बेला आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here