बिर्तामोडमा मिस तामाङ प्रतियोगिताको फेसन सो

२५ भाद्र २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोडमा मिस तामाङ प्रतियोगिताको फेसन सो सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ संघ उर्लावारीको आयोजनामा बिर्तामोडस्थित हबी स्विमिङ पुलमा भएको फेसन सो मा मिस तामाङमा सहभागी १४ जना प्रतियोगिले तामाङ जातीको भेषभुष, संस्कार, संस्कृतिको पहिचान झल्काउदै क्याटवाक गरेका थिए । उनीहरुले डम्फूको तालमा आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रथम नेपाल आइडल वुद्ध लामा र साउथ एसियन स्टार आसुसेन लामा लगायतले गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए ।

नेपाल तामाङ घेदुङ संघ उर्लावारीका अध्यक्ष राजु घिसिङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

गत असारदेखि तामाङ समुदायको युवतीको व्यक्तित्व विकास, आन्तरिक प्रतिभाको प्रस्फुटन तथा भेषभुषा, संस्कार, संस्कृतिको उत्थान र प्रर्बद्धन गर्ने उदेश्यले १ नम्बर प्रदेशस्तरीय पहिलो मिस तामाङ प्रतियोगिता सञ्चालन भइरहेको छ । जहाँ १ नम्वर प्रदेश भरिका तामाङ युवतीको सहभागीता रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here