विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ

२५ भाद्र २०७६, बुधबार मा प्रकाशित

चितवन,

सरकारबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् ।

उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिनुभयो ।

केही दिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थी विभिन्न माग राखी आन्दोलनरत छन् ।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेपछि प्रकाशसहित १५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here