सरोज आश्मा र आशिष आँचलको प्रेम ‘एकान दुई कान मैदान’

२५ भाद्र २०७६, बुधबार मा प्रकाशित

काठमाडौं ।

गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ ।

भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् ।े

फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिँदै निकै रुचाएका छन् । आफ्नो हरेक म्युजिक भिडियोलाई स्तरीय र राम्रो बनाउन आफू हरसमय प्रयासरत रहेकोले यो गीतमा पनि आफूले राम्रो मिहेनत गरेको निर्देशक आचार्यको भनाई रहेको छ ।

निकै महंगा कलाकारहरु भेला पारेर तयार पारेका गीत भन्दै खर्च कति गर्नुभयो भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै गायक आशिष सचिनले आफूले बजेटभन्दा पनि राम्रो म्युजिक भिडियो उत्पादनमा आवश्यक खर्च गरेको बताए ।

उनी अघि थप्छन्, फेरि भिडियो राम्रो बनाउने नाममा धेरै पैसा खर्च गर्न पर्छ भन्ने छैन् । कन्टेन राम्रो भएमा सिर्जना आफै राम्रो बन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here