कनकाई क्याम्पसमा मोती जयन्ती

0
724

सुरुङ्गा ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा विविध कार्यक्रम सहित १५४ औं मोती जयन्ती मनाइएको छ ।

क्याम्पसको नेपाली विभागद्वारा आयोजित विशेष कार्यक्रममा युवा कवि मोतीरामको व्यक्तित्व र कृतित्व बारेमा अन्तक्र्रिया गरिएको थियो ।

तीस वर्षको छोटो उमेर बाँचेर पनि मोतीरामले नेपाली भाषा, साहित्य र पत्रकारिताका लागि विशिष्ट योगदान दिएको सबै वक्ताको मत थियो । सो अवसरमा कक्षा ११ देखि स्नातक तहका विद्यार्थीहरु बिच कविता, गजल र गीत प्रतियोगिता सम्पन्न भएको थियो ।

सो प्रतियोगितामा कक्षा ११ का जोयल सञ्जोग रसाइली प्रथम, वि.एड. तृतीय वर्षका टीका बाँस्कोटा द्वितीय, वि.एड. चौँथो वर्षकी उमा ढकाल तृतीय र वि.वि.एस. प्रथम वर्षका चेसाङ् योङ्हाङ सान्त्वना स्थान ल्याउन सफल भएका थिए । प्रतियोगितामा २ दर्जन विद्यार्थीको सहभागिता रहेको थियो । क्याम्पसका उपप्राध्यापक इन्दिराज पौडयालको संयोजकत्वमा सहप्राध्यापक जीवनाथ सुवेदी र उपप्राध्यापक विष्णुप्रसाद कोइराला सदस्य रहेको निर्णायक मण्डलीले आफ्नो निर्णय सुनाएको थियो ।

नेपाली विभागका प्रमुख कमला सुवेदीको अध्यक्षता र अग्रज साहित्यकार सहप्राध्यापक कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दर्जनौ विद्यार्थीले गीत, कविता तथा गजल प्रस्तुत गरेका थिए । सहायक क्याम्पस प्रमुख सेरबहादुर बानियाँले कवि भट्टको जीवनीमाथि प्रकाश पारेका थिए भने उपप्राध्यापक विष्णुप्रसाद कोइरालाले स्वगत मन्तव्य राखेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रसाद चुडाल, सदस्यहरु गुणप्रसाद तिम्सिना, नारायणप्रसाद पोखरेल, क्याम्पस प्रमुख विकासप्रसाद उप्रेती, अंग्रेजी भाषा प्रशिक्षक टीकाप्रसाद लामिछाने, शिक्षाकर्मी निर्मलकुमार खतिवडा, कविहरु गोविन्दप्रसाद घिमिरे, ज्ञानराज सुवेदी, नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति उदित दाहाल लगायतको उपस्थिति रहेको कार्यक्रममा अंग्रेजी विभागका सहायक प्राध्यापक रविन्द्र सुवेदी, विद्यार्थी नेता रविन्द्र गुप्ता लगायतले कविता वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक दिनेशकुमार तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here