एनआईसी एशिया बैंकमा सुपर चमत्कारिक खाता खोल्दा दशै खर्च जुट्यो

२५ भाद्र २०७६, बुधबार मा प्रकाशित

विनोद सापकोटा/ झापा ।

शिवसताक्षी २ झापाका शंकर थापाले एनसाईसी एशिया बैंकले दुई साता अघिमात्र ल्याएको सुपर चमत्कारिक बचत खाताका बारेमा बुझेका थिएन् । बैकका कर्मचारीेले गरेको कन्भिन्समै उनले खाता खोले । पहिला उनको समुन्नती बचत खाता थियो । बैकले बचतका नयाँ कार्यक्रम ल्याएपछी त्यै खातालाई थापाले चमत्कारी बचत खाता डायमण्डमा रपान्तरण गरे ।
बैकले ल्याएको बिविध शिर्षकका बचत खाता सार्वजनिक भएको केहि दिनमै थापा विरामी परे । स्थानीय क्लीनिक देखी झापाका केहि अस्पतालमा उपचारका लागि धाए । उनको रोग पत्ता लाग्न सकेन । केहि दिन पछी विर्तामोडकै बिएण्डसी अस्पतालमा चिकीत्सकको सल्लाह लिन गए । उनले भने, ‘पिठ्युँमा नसा च्यापिएको रहेछ ।‘

चिकित्सकले दिएको सल्लाह अनुसार थापा अस्पताल भर्ना भए । उनले चिकीत्सकले सिफारिस गरेको नियमित औषधी सेवन गरे । अस्पताल भर्ना भएदेखी उनले औषधी उपचारमा २८ हजार ७ सय रुपैयाँ खर्च गरे । एनआईसी एशिया बैकमा खाता रुपान्तरण गर्दाताका कर्मचारीले सुझाएको कुरा स्मरण गरे र अस्पताल बस्दा र औषधी उपचार गर्दाका कागजात भेला पारे । थापा उपलव्ध काजजात लिएर एनआइसी एशियाको झिलझिले साखामा आए ।

शाखा प्रमुख लेखनाथा अधिकारीलाई उपलब्ध कागजात दिएको तिन दिनमै उनले बिएण्सी अस्पतालमा गरेको उपचार खर्च पाए । थापा भन्छन, ‘एनसाइसी एसिया बैकको सुपर चमत्कारिक बचत खाता अन्र्तगत मैले पाएको औषधी उपचारको खर्च दशै तीहारका लागि जोहो गर्छु ।’

बुधबार झिलझिले स्थीत एनआइसी एशिया बैंकको सभाहलमा बैकका उपक्षेत्रिय कार्यलय दमकका प्रमुख डेनराज सुव्बाले थापालाई नगद प्रदान गरे । सो अवसरमा सुव्बाले ग्राहकहरुको आवस्यक्तालाई ध्यानमा राखी बैकका २९८ वटै साखाबाटसुपर चमत्कारी बचत खाता, सुपर चमत्कारी नारी बचत खाता, सुपर चमत्कारीक जेष्ठ नागरीक बचत खाता ल्याइएको बताए ।

उनले बाबु नानी बचत खाता, बिद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, बैदेशीक रोजगार खाता, उद्यमसिल खाता, तलब खाताको सुविधा लगायतले आम नेपालीको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बताए ।

निक्षेप योजनाहरुमा ग्राहकहरुले आफु तथा आफनो परिबारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार सम्मको बिमा सुबिधा समेत प्राप्त गर्नेछन् । परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घनाबाट मृत्यु वा पुर्ण अशक्तताका लागी १ करोड सम्मको सुविधा छ भने, परिबारका लागी १ लाख ५० हजार सम्मको औषधी विमा सुबिधा समेत छ । बैकले सुपर चमत्कारिक बचत खाता कार्यक्रम शुरु गरेपछी सर्बसाधरणको उत्साहजनक सहभागिता रहेको एनआईसी एशिया बैकको केन्द्रिय कार्यलयले जनाएको छ ।

झापाका १७ वटा एनआईसी एशिया बैकका साखा मध्ये विर्तामोड र झिलझिले साखाबाट हाल सम्म एक एकजनाले यो सुविधा भएको उपक्षेत्रिय कार्यलयका प्रमुख सुब्बाले जानकारी दिएका छन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here