मेनुकालाई उत्कृष्ट नागरिक सम्मान

२५ भाद्र २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड।

लायन्स क्लव अफ सुरुङ्गाले भारतीय रियालीटी शो सारेगमपमा शीर्ष ११ औं स्थानमा पुगेर देश तथा विदेशमा नेपालको नाम राख्न सफल झापा बिर्तामोड निवासी मेनुका पौडेललाई उत्कृष्ट नागरिक सम्मान गरेको छ ।

लायन्सको तेस्रो पदस्थापन कार्यक्रममा पौडेललाई लायन्स क्लव अफ सुरुङ्गा सहित एक दर्जन भन्दा बढी संस्था संस्थाले उत्कृष्ट नागरिक सम्मान प्रदान गरेका हुन् ।

लायन्स क्लव अफ सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच प्रमुख अतिथि समेत रहेकालायन्सका डिस्ट्रिक गर्भरनर ३२५ ए वान इन्द्र खत्री राजनले पौडेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गरेका थिए ।

लायन्सका चार्टर प्रेसिडेन्ट लीला प्रसाद चिमरियाले स्वागत गरेको कार्यक्रममा जिल्लाका विशिष्ठ व्यक्तिको समेत सहभागीता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here