सिभिल बैंकको वित्तिय साक्षरता अभियान

0
413

अर्जुनधारा ।

सिभिल बैंक लिमिटेड अर्जुनधारा शाखाको आयोजनामा वित्तिय साक्षरता अभियान सचेतना कार्यक्रम विहिबार शनिश्चरे बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्धेश्य उनीहरुलाई बैंक र बैंकले प्रदान गर्ने सेवा सुविधाका विषयमा जानकारी दिनु रहेको शाखा प्रबन्धक कृष्ण बाँस्तोलाले बताए ।

सहजकर्ता शाखा प्रबन्धक बाँस्तोलाले बैंकीङ सेवाको इतिहास, बैंक खाताका प्रकार, खाता खोल्दा आवश्यक कागजपत्रहरु, भुक्तान प्रक्रियालगायतका विषयमा जानकारी गराइएको कार्यक्रममा ७० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन बैंकका सहायक गंगाप्रसाद प्रसाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here