नेत्रविक्रम चन्द नेतृत्वको समूहका जिल्ला सचिव नेम्वाङ पक्राउ

0
518

फिदिम,

पाँचथर प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको समूहका जिल्ला सचिवलाई पक्राउ गरेको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका घर भएका उक्त समूहका जिल्ला सचिव विजय नेम्वाङलाई प्रहरीले फिदिम नगरपालिका वडा नं १४ लुङरुपाबाट मङ्गलबार पक्राउ गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, उद्योगी व्यवसायी र सङ्घसंस्थामा धम्की दिँदै चन्दा माग गरेको आरोप लागेका नेम्वाङलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

उनलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here