शिवसताक्षी नगरलाई जग्गादान गर्ने राई दम्पती सम्मानित

0
1131

झिलझिले ।

झापाको शिवसताक्षीमा आधारभूत स्वास्थ्य केन्द्र भवनको एक कार्यक्रमका बीच उद्धघाटन गरिएको छ । स्थानीय ७ नम्बर वडाको धौले चौकमा धनवहादुर आमा धर्मवतीको नाममा छोरावुहारीहरु कुमार र रीता, डम्वरवहादुर र बिष्णु खालिङ्ग राईले दिएको एक कठ्ठा जग्गामा निर्माणाधिन स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको हो ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उक्त भवनको उद्धघाटन गरेका हुन । खालिङ्ग राई दम्पती युकेमा बस्दै आएका छन । आफ्नो पैतृक सम्पतीबाट वुबा आमाको नाममा स्वास्थ्य केन्द्रलाई जग्गा दिएको छोरा कुमार खालिङ्गले बताए । बुवा आमाको ईच्छा पनि गाँउ घरमा स्वास्थ्य क्षेत्रमा केही गर्न पाए हुन्थ्यो भन्ने थियो छोरा कुमारले भने आज वुवाआमाको सपना हामी सन्तानले पुरा गरिदिएका छांै ।

उक्त जग्गामा ४ कोठा भएको आरसीसी भवन निमार्ण हुदै छ । हाल सम्म २ वटा कोठा निर्माण भएर स्थानीयले स्वास्थ्य सेवा पाउन थालेका छन । यस अघि त्यहाँका स्थानीय झिलझिले र शिवगञ्ज स्वास्थ्य सेवाका लागि जानु पर्ने थियो । स्थानीय स्वास्थ्य महिला स्वयम सेविका नरमाया कार्कीले भनिन,–‘यहाँका हजारौ सर्वसाधरणले अब आफ्नै ठाँउमा स्वास्थ्य सेवा पाएर समय र पैसा दुवैको बचत गरे ।’

शिवसताक्षी नगरपालिका, वडा नम्बर ७ को कार्यपालिका र स्वास्थ्य कार्यलय झापाले उक्त भवन निर्माणका लागि हाल सम्म १० लाख ३० हजार रुपैयाँ खर्चिसकेको छ । चालु वर्षको बजेटवाट निर्माणाधिन भवनको निर्माणकार्य सम्पन्न हुने नगरका प्रवक्ता समेत रहेको ७ नम्बर वडाका अध्यक्ष नविन ईजमले बताए । धौले चौकमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएपछी नगरको २ र ३ नम्बर वडाको पूर्वी, ६ को पश्चिमी, ८ को दक्षीणी र ७ नम्बर वडाको आधा जनसंख्या गरी कम्तिमा ५ हजार नगरबासीले स्वास्थ्य सुविधा पाउने भएका छन ।

नगरप्रमुख चन्द्रकुमार शेर्माले निर्वाचन ताका बोलेका प्रतिवद्धतालाई नगरकार्यपालिकाले नियम र निति सम्बत तरिकाबाट सम्वोधन भईरहेको बताए । ७ नम्वर वडाका अध्यक्ष ईजमको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख भोजकुमारी नेपाल , समाजसेवीद्धय राज सुव्बा, चर्तुमान गरुुङ्ग लगायतले दाता परिवारले दिएको जग्गाका कारण हजारौ स्थानीयले स्वास्थ्य सेवा पाएकोमा स्थानीयले खुसी व्यक्त गरेको बताए । ७ नम्बर वडाका वडा सदस्य वीरबहादुर माझीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गणेश ढुँगेलले गरेका थिए ।

यसैबीच आधारभूत स्वास्थ्य केन्द्रलाई एक कठ्ठा जग्गा दिने झिलझिलेका कुमार खालिङ्ग राई र उनकी पत्नी रिता खालिङ्ग राईलाई शिवसताक्षी नगरपालिकाका प्रमुख शेर्मा, नगर उपप्रमुख नेपाल र वडा अध्यक्ष ईजमले सम्मान गरेका छन ।

आधारभूत स्वास्थ्य केन्द्रको उद्धघाटनको अवसरमा आयोजित कार्यक्रममा स्थानीय सरकार प्रमुख शेर्मा लगायतले अविर र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here