मेवाको बिउ पनि औषधी

२७ भाद्र २०७६, शुक्रबार मा प्रकाशित

काठमाडौं ।

मेवा अमाफैमा निकै रुचाईने फल हो । जसको प्रयोग संसारका सवैजसो भु भागहरुमा हुने गर्दछ । मेवा आफैमा औषधीय फल भएको बैज्ञानिकहरुले पुष्टि गरिसकेका छन । मेवा खादा मेवाको विउ फाल्ने चलन छ, तर यो अति नै महत्वपूर्ण ओषधीय भएको खुलेको छ । मेवाको बिउको सेवनले यी खतरनाक रोगहरुबाट जोगाउने तथ्य बाहिर आएको छ ।

१. कलेजो सम्बन्धी रोगमा : मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५-६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिन्नुहोस् । अव यो धुलोलाई कागतीको रस सहितको एक ग्लास पानी वा जुसमा मिसाएर दैनिक एक महिना सम्म सेवन गर्नुहोस् ।

सिरोसिस रोग आपसेआप निको भएर जान्छ । मेवाको बिउ सेवन गर्नाले कलेजो बलियो हुनुका साथै कलेजोमा कुनै पनि प्रकारको संक्रमण हुनपाउँदैन ।

२. किटाणु नासक :मेवाको बिउ सेवन गर्नाले शरीरमा संक्रमण हुन पाउँदैन र यसले फुड प्वाइजनिङ जस्तो समस्यालाई सहजै नाकाम बनाउँछ । यसको सेवन गर्नाले ज्वरो समेत लाग्न पाउँदैन ।

३. क्यान्सर : मेवाको बिउ सेवन गर्नाले शरीरमा कयान्सरको कोशिका र ट्यूमर बिकसित हुनपाउँदैन । मेवाको बिउमा प्राप्त गुणले कोलन, स्तन, फोक्सो, ल्युकेमिया र प्रोस्टेट क्यान्सर रोगहरुको बिरुद्धमा काम गर्छ ।

४. फर्टिलिटी (प्रजनन) :

अनुसन्धानले के देखाएको छ भने मेवाको बिउ सेवन गर्नाले शरीरमा कुनै पनि असर नपुर्याई सुक्रकिट उत्पादन नियमित हुन्छ । आयुर्वेद तथा घरेलु उपचार सम्बन्धी जनकारी भएका महिलाहरु प्रिगनेन्सी रक्षाका लागि मेवाको बिउ सेवन गर्छन् । अनुसन्धानले समेत देखाई सकेको छ मेवाको बिउ सेवन गर्नाले पुरुषको सुक्रकिट उत्पादन क्षमता नियमित हुने र महिलाको प्रिगनेन्सी रक्षामा लाभदायक हुने तथ्य ।

५. शरीर सुनिएको निको हुन्छ :

आर्थराइटीस, जोर्नी सम्बन्धी रोगहरु, शरीर सुनिएको, शरीर दर्द तथा छालामा हुने रातोपना जस्ता समस्याहरु मेवाको बिउ सेवन गर्नाले सञ्चो हुन्छ ।

६. किड्नी सम्बन्धी समस्याहरु :

पाकिस्तानको कराँची विश्वविध्यालमा गरिएको एक अनुसन्धान अनुसार मेवाको बिउ प्रयोग गर्नाले किड्नी जन्य रोगहरु सहजै निको भएको देखियो । पाकिस्तान लगायतका एसियाका कतिपय ठाउँमा पाकेको मेवालाई उत्तम फलको रुपमा प्रयोग गरिन्छ । अनि मेवाको बिउलाई पनि उत्तिकै पौष्टिक आहारको रुपमा प्रयोग गरिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here