रोल्पामा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु

२७ भाद्र २०७६, शुक्रबार मा प्रकाशित

रोल्पा ।

रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर–२, छेर्लोबाङमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४१ वर्षीय जय बुढामगर, उनकी श्रीमती ४५ वर्षीया ज्योति, उनका दुई छोरी दिष्ती र सारंगा रहेका छन् ।यस्तै, उनकै परिवारका २९ वर्षीय फिरकुमारी बुढामगर, उनको ४ वर्षीय छोरा असल बुढामगर छन् ।

घरभन्दा करिब ५०० मिटरमाथिबाट आएको पहिरोले उनीहरुको घर बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुङले जानकारी दिए ।

पहिरोले उनीहरुको घरसँगै रहेको एउटा गोठ पनि बगाएको छ । मध्यराति १२ बजेतिर पहिरो गएपनि बिहानबाटमात्र उद्धारको काम भएको थियो ।

इलाका प्रहरी कार्यालय थबाङ, प्रहरीचौकी खरिबोट, रानागाउँको प्रहरीको टोली र स्थानीयको सात घन्टा लामो प्रयासपछि पहिरोबाट उनीहरुलाई निकालिएको थियो । घरमाथि सहिदमार्ग सडक रहेकाले उक्त सडकबाटै माटो भासिएर पहिरो जाँदा घटना भएको स्थानीयले बताएका छन् ।

लगातारको वर्षाका कारण सदरमुकामबाहिरका अधिकांश ग्रामीण सडकहरु पनि अवरुद्ध हुँदा सर्वसाधारणलाई यात्रा गर्न कठिनाइ भएको छ ।-इमेजखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here