स्वास्थ्य शिविरमा ५ सय बढी लाभावन्तित

0
728

काँकरभिट्टा,

विशेश्वरप्रसाद कोइराला ग्रामीण विकास तथा सेवाकेन्द्र मेचीनगरको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार झापाको मेचीनगरमा सम्पन्न भएको छ ।

विराटनगरको कञ्चनवारीमा रहेको नोवेल अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ५ सय बढीले स्वास्थ्य परीक्षण गराएको केन्द्रका सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए ।

शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बालरोग, मानसिक तथा नशा रोग, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान,घाटी, फोक्सो रोग तथा किड्नी रोग सम्बन्धिका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

हरेक समुदायका मानिसहरुको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका व्यवस्थापक नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा आएका अधिकाँश महिलामा पाठेघरको संक्रमण, पाठेघरमा ऐजेरु पलाएको महिनावारी समयमा नहुने, अण्डकोषमा पानी जमेको थाइराइडको समस्या तथा ४५ देखि ६० वर्ष उमेर समुहका महिलामा पाठेघर खस्ने समस्यता देखिएको प्रसुती तथा स्त्री रोग विशेष गोमा चौधरीले जानकारी दिईन ।

शिविरमा भिडियो एक्स रे समेतको सेवा निःशुल्क प्रदान गरिएको र यो सेवा पाँच दर्जनबढीले लिएको सचिव काफ्लेले बताए । शिविरमा ८८ वर्षदेखि उमेरदेखि ४ वर्षको शिशुले समेत सेवा लिएका थिए । करीव ५ लाख रुपैयाँको औषधि समेत सेवाग्राहीलाई निःशुल्क वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here