नेपाल औषधि व्यवसायी संघमा गुप्ता निर्वाचित (मत परिणाम सहित)

0
818

सुरुङ्गा ,

नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा गौतम गुप्ता निर्वाचित हुनएको छ ।
शुक्रवार भएको निर्वाचनमा अध्यक्षका प्रतिष्पर्धी सुरेन्द्र प्रधानलाई पराजित गर्दै गुप्ता अध्यक्षमा निर्वाचित हुनुभएको हो । गुप्ताले २८२ मत प्राप्त गर्नुभयो भने प्रधानले ११८ मत मात्र प्राप्त गर्नुभयो ।

शुक्रवार राति सम्पन्न मत परिणाम अनुसार उपाध्यक्षमा २०३ मत प्राप्त गर्दै प्रदीप खरेल निर्वाचित हुनुभएको छ । उहाँका प्रतिष्पर्धी गोविन्द अधिकारीले १९७ मत प्राप्त गर्नुभयो । सचिव पदमा १७० मत प्राप्त गर्दै समिम पोख्रेल विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धीद्वय बलराम खतिवडा (विवेक)९१ र अनिल सुवेदीले १३८ मत प्राप्त गर्नुभएको थियो ।
उपकोषाध्यक्षमा भने युवराज भट्टराई २१७ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी खेमराज वस्नेतले १८० मत प्राप्त गर्नुभएको थियो ।
समितिको सदस्यमा सुरेश खतिवडा २४४,प्रल्हादराम ढुङ्गाना १८१ लक्ष्मी पौडेल ३०१ मतका साथ विजयी बन्नुभएको छ । सदस्य पदका उम्मेद्वार विक्रम राजवंशी १३१, यज्ञराज कार्की १३४, गुरुप्रसाद राजवंशीले १६६ मत प्राप्त गर्नुभयो ।
महासचिवमा जीवन खड्का र कोषाध्यक्षमा वुद्धिसागर वजगाई यस अघि नै निर्वाचित हुनुभएको थियो । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here