सहाराको गाउँ गाउँमा शिविर

२८ भाद्र २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड, पछिल्लो समय महिलाहरुमा यौन रोगको संक्रमण बढ्दै गएको पाइएको छ । स्वास्थ्यमा ख्याल नगर्दा यौन जन्य रोगको संक्रमण बढ्दै गएको बीएण्डसी अस्पतालका प्राध्यापक डा.गेहननाथ बरालले बताए । शुक्रवार बिर्तामोड नगरपालिका – २ स्थित चौतुवारीमा आयोजित पाठेघर तथा आङ खस्ने सम्वन्धि निःशुल्क स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य जाँच गर्दै प्रा.डा वरालले महिलाहरुलाई नियमित स्वास्थ्य जाँच गराउन सुझाव दिए ।

सहारा नेपाल सहकारी संस्था लिमिटडे र नेपाल परिवार नियोजन संघ झापाको आयोजना तथा वीएण्डसी अस्पतालको प्राविधिक सहयोगमा ग्रामीण सरोकार समूहमा शिविर आयोजना भएको थियो । शिविरमा २०४ जना महिलाको स्वास्थ्य जाँच गरिएकाो थियो । जसमा ५० जनामा यौनजन्य रोगको शंक्रमण भेटिएको १३ जनामा क्यान्सरको उच्च जोखि, ३ जनालाई पहिलो चरणको क्यान्सर, १६ जनालाई आङ खस्ने, ६ जनामा पाठेघरको तत्काल शल्यक्रिया गर्नु पर्ने, ६ जनामा फाठेघरको माइनर शल्यक्रिया र वायस्पी जाँच गर्नु पर्ने विरामी भेटिएको चिकित्सकले बताएका छन् ।

विन्दू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम बिर्तामोड नगरपाकिला – २ का वडा अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको थियो । महिलाको स्वास्थ्य जाँच वीएण्डसी अस्पतालका प्राध्यापक डा वराल सहित नेपाल परिवार नियोजन संघकी प्रकृति वास्तोला लगायतले मिहलाको स्वास्थ्य जाँच गरेका थिए ।

कार्यक्रममा सहारा नेपाल सहकारी संस्थाका भक्तवहादुर खड्का, सहकारीका संचालक समिति सदस्य भीमवहादुर गिरी, ग्रामीण सरोकार समूहकी अध्यक्ष कुसुम खरेल लगायत सहभागी थिए ।

कार्यक्रमको सञ्चालन चारपाने सेवा केन्द्रका सहायक प्रवन्धक जगत कार्कीले गरेका थिए । सहारा नेपालले पछिल्लो समय आफ्ना शेयर सदस्यको स्वास्थ्यलाई ध्यान दिएर गाउँ गाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here