सिम्रिकको कारोबार लक्ष्य साढे चार अर्ब

0
651

बिर्तामोड ।

झापा बिर्तामोड–४ को सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य इन्द्रबहादुर कार्कीले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष बस्नेतले सनसाईन बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रगढी र बिर्तामोड–४को सिम्रिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको घोषणा गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बस्नेतले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य २० हजार ४ सय २७ जना रहेकोमा दुवै संस्थाको एकीकरण पछि सहकारीमा २२ हजार नौ सय १९ जना सदस्य रहेको बताएको छ । सनसाइनका एक हजार दुई सय ४६ सदस्य सहकारीमा थप हुने भएपछि सिम्रिकका सदस्य २२ हजार नौ सय १९ पुगेको अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै सहकारीको शेयर चुक्ता पुँजी १० करोड ९८ लाख ८६ हजार चार सय रुपैयाँ रहेकोमा सनसाईनको एक करोड १७ लाख ३१ हजार थप हुने भएपछि १२ करोड १६ लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ ।

त्यस्तै सहकारीको बचत संकलन गत बर्ष एक अर्ब ६७ करोड ३४ लाख ७५ हजार ४ सय ४६ रुपैयाँ रहेकोमा यस बर्ष एक अर्ब ३३ करोड ७७ लाख ८० हजार तीन सय ५६ रुपैयाँ थप भएर ३ अर्ब एक करोड १२ लाख ५५ हजार ८ सय दुई रुपैयाँ रहेको र आगामी बर्ष ४ अर्ब ४८ करोड एक लाख ६७ हजार ८ सय दुई रुपैयाँ पु¥याउने लक्ष्य रहेको अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै बचत फिर्ता गतबर्ष १ अर्ब ५१ करोड सात लाख ९५ हजार तीन सय ७३ रुपैयाँ रहेकोमा एक अर्ब ३ करोड ६३ लाख ५४ हजार नौ सय ९ रुपैयाँ थपिएर दुई अर्ब ५४ करोड ७१ लाख ५० हजार दुई सय ८२ रुपैयाँ बचत फिर्ता गरिएको र बचतमा रहेको रकम ४६ करोड ५ लाख ४३ हजार ९ सय ८९ रुपैयाँ रहेकोमा सनसाईनको २ करोड ७ लाख २ सय ५२ थप हुने भएपछि ४८ करोड ४८ लाख ५ हजार ७ सय ७२ रुपैयाँ पुगेको उनले बताए ।

त्यस्तै संस्थाको कूल ऋण लगानी ६७ करोड ९० लाख ४० हजार ४ सय ४१ रुपैयाँ रहेकोमा सनसाईनको ४ करोड ५६ लाख ४८ हजार ५ सय १ रुपैयाँ थप हुने भएपछि ७२ करोड ४६ लाख ८८ हजार ९ सय ४२ रुपैयाँ रहेको प्रतिवेदनमा छ । त्यस्तै संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा दुई करोड १७ लाख ७२ हजार ८ सय १८ रुपैयाँ २७ पैसा खुद नाफा गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाको झापामा १६ वटा सेवा केन्द्र रहेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत तीन हजारभन्दा बढी मानिसको निःशुल्क आँखा जाँच गरेको छ ।

त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत इन्द्रेणी टोल बिर्तामोडमा वृक्षरोपणका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।

त्यस्तै खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो झापा मगमग गोल्डकप प्रतियोगिता २०७५ लाई एक लाख रुपैयाँ प्रदान गरेको छ भने आठौं वार्षिकोत्सवको अवसरमा एक सय ९८ जना दाताहरुबाट रगत संकलन गरेको छ ।
सहकारीले आफ्ना शेयर सदस्य बिरामी भएको खण्डमा अस्पताल बसाइँ र औषधि खर्चको आधारमा बढीमा २० हजार रुपैयाँसम्म सहयोग गर्दै आएको र विभिन्न किसिमको मेजर शल्यक्रिया गर्नुपरेमा शल्यक्रिया शुल्कको ५० प्रतिशत बढीमा २५ हजार रुपैयाँसम्म रकम प्रदान गर्दै आएको सहकारीका अध्यक्ष बस्नेतले बताए ।

संस्थाले सानातिना चोटपटक लागे वा विषालु जीवजन्तुले टोके कूल लागत खर्चको ८० प्रतिशतसम्म रकम सहकारीले उपलब्ध गराउँदै आएको छ । कुनै सदस्यको मृत्यु भएमा ३० हजार रुपैयाँसम्म प्रदान गर्ने र प्राणघातक रोग लागेमा उपचार खर्च २५ हजार रुपैयाँ सहयोग गर्ने तथा सदस्यको मृत्यु भएमा कर्जा मिनाहा गर्ने कार्यक्रम सहकारीले शुरु गरेको छ । यो वर्ष सहकारीले २४ लाख ७९ हजार छ सय ४८ रुपैयाँ शेयर सदस्यहरुलाई उपलब्ध गराएको छ ।

त्यस्तै बचत दरको आधारमा प्रोत्साहन वापत सुत्केरी महिलाको हकमा दुई हजारसम्म, स्वास्थ्यमा दुई हजार दुई सयसम्म र पर्वमा १४ हजार छ सय तथा मृत्यु भएको अवस्थामा २७ हजार सात सयसम्म रकम उपलब्ध गराउँदै आएको बताइएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष एवम् सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, महिला चेम्बर अफ कमर्श बिर्तामोडकी अध्यक्ष संगीता चिमरिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक मोहनकुमार थापा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here