महिलामा यौन रोगको समस्या बढ्दो

0
511

बिर्तामोड।

पछिल्लो समय महिलाहरुमा यौन रोगको संक्रमण बढ्दै गएको पाइएको छ । स्वास्थ्यमा ख्याल नगर्दा यौनजन्य रोगको संक्रमण बढ्दै गएको बीएण्डसी अस्पतालका प्राध्यापक डा.गेहननाथ बरालले बताए ।

बिर्तामोड नगरपालिका– २ स्थित चैतुबारीमा आयोजित पाठेघर तथा आङ खस्ने सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य जाँच गर्दै प्रा.डा. बरालले महिलाहरुलाई नियमित स्वास्थ्य जाँच गराउन सुझाव दिए ।

सहारा नेपाल सहकारी संस्था लिमिटेड र नेपाल परिवार नियोजन संघ झापाको आयोजना तथा बीएण्डसी अस्पतालको प्राविधिक सहयोगमा ग्रामीण सरोकार समूहमा शिविर आयोजना भएको थियो । शिविरमा दुई सय चार जना महिलाको स्वास्थ्य जाँच गरिएको थियो ।

जसमा ५० जनामा यौनजन्य रोगको संक्रमण भेटिएको १३ जनामा क्यान्सरको उच्च जोखिम, तीन जनालाई पहिलो चरणको क्यान्सर, १६ जनालाई आङ खस्ने, छ जनामा पाठेघरको तत्काल शल्यक्रिया गर्नुपर्ने, छ जनामा पाठेघरको माइनर शल्यक्रिया र वायस्पी जाँच गर्नुपर्ने विरामी भेटिएको चिकित्सकले बताएका छन् ।

बिन्दू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपाकिला– २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । महिलाको स्वास्थ्य जाँच बीएण्डसी अस्पतालका प्राध्यापक डा. बरालसहित नेपाल परिवार नियोजन संघकी प्रकृति बास्तोला लगायतले मिहलाको स्वास्थ्य जाँच गरेका थिए ।

कार्यक्रममा सहारा नेपाल सहकारी संस्थाका भक्तबहादुर खड्का, सहकारीका सञ्चालक समिति सदस्य भीमबहादुर गिरी, ग्रामीण सरोकार समूहकी अध्यक्ष कुसुम खरेल लगायत सहभागी थिए ।

सहारा नेपालले पछिल्लो समय आफ्ना शेयर सदस्यको स्वास्थ्यलाई ध्यान दिएर गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । कार्यक्रमको सञ्चालन चारपाने सेवा केन्द्रका सहायक प्रवन्धक जगत कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here