आज राष्ट्रिय बाल दिवस, देशभर मनाइँदै

0
1772

काठमाडौं

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। यो वर्ष ‘सुनिश्चित बाल अधिकार स् समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको छ।

नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ। विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै संविधान र कानुनले प्रत्याभुत गरेका बालबालिकाका अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। बालअधिकारको क्षेत्रमा अझ बढि सफलता हाँसिल गर्न आ–आफ्नो क्षेत्रबाट क्रियाशील हुन सबै पक्षलाई आह्वान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here