प्रदेश स्तरीय २ दिने सुरक्षा गोष्ठी सम्पन्न

0
485

 

विराटनगर ,
शनिवार देखि मोरङको बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय तथा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमममा बोल्नु हुँदै माननीय मन्त्री राईले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको, साथै विभिन्न खालका अपराधिक घटनामा पनि कमी आएको बताउनु भयो ।

वहाँले शान्ति सुरक्षामा खलल र्पुयाउने कसैलाई पनी छुट नहुने हुँदा कानून विपरीत कार्य गर्ने जो कसैलाई पनी कानूनी कठघारामा उभ्याउन र कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन निर्देशन दिँदै राम्रो कामका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले जनताको चाहाना बमोजिको सुरक्षा रणनिती अबलम्बन गर्नु पर्ने हुँदा सोही अनुसार कानूनी परिधी भित्र रही जनताकै चाहाना बमोजिमको सुरक्षा ब्यवस्था मिलाउनु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो । वहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमले अगाडी सारेका कार्ययोजनाहरुलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेमा पक्कै पनी सुरक्षा व्यबस्था अझ मजबुत हुने धारणा राख्दै समयमै प्रभावकारी भुमिका निर्वाह गर्दा विपद् व्यवस्थापन कार्यमा पनि ठूलो क्षति व्यहोर्न नपरेको उल्लेख गर्नु भयो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको बताउनुभयो । अपराध र अशोभनीय गतिविधिमा कमि आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरुमा तीव्रता आएको उल्लेख गर्नुभयो । गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदी , १ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधिहरु, १ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । उक्त गोष्ठी पश्चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here