सहाराको पुँजी २५ अर्ब पु¥याइँदै

३० भाद्र २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले वि.स. २०८० सम्ममा संस्थाको पुँँजी २५ अर्ब रुपैयाँ पु¥याउने भएको छ ।

पाँच हजार युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित अघि बढेको सहकारीले प्रत्येक वर्ष संस्थागत पुँजी बृद्धि गर्दै २०८० सम्ममा सहकारीको पुँजी २५ अर्ब रुपैयाँ पु¥याउने सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । गिरीका अनुसार सबै सदस्यहरुलाई स्वास्थ्य सेवा, तीन हजार विपन्न सदस्यलाई आवास, कार्य क्षेत्रभित्र रहेका पालिकाका स्वास्थ्य संस्थालाई निःशुल्क एम्वुलेन्स, १५ हजार सदस्यलाई कृषि र पशुमा सहयोग गर्दै सफल कृषक÷उद्यमी बनाइने छ ।

दुई लाख सहकारीका सदस्य बनाउँदै एकल, ज्येष्ठ, अनाथ र अशक्त सदस्यहरुलाई सामाजिक सुरक्षामा योगदान दिने र स्थानीय तहसँग सहकार्य गर्दै साझेदारीमा पालिकाभित्रका सर्वसाधारणलाई स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने भएको छ । सहकारीले आर्जन गरेको नाफाको ७५ प्रतिशत रकम सदस्य र समुदायका लागि खर्च गरिने कार्यकारी निर्देशक गिरीले बताए । उनले भने– ‘जसका लागि सहकारीले अहिलेबाटै त्यसखाले कार्यक्रमको रोडम्याप बनाउँदैछ ।’

यसैबीच एक लाख ४३ हजार ८ सय ५१ शेयर सदस्य पु¥याउँदै देशकै सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीका रुपमा आफूहरु स्थापित भएको सहकारीले दाबी गरेको छ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मुख्य कार्यालय रहेको सहाराले अहिले ६५ वटा सेवा केन्द्रमार्फत पूर्वका ६ जिल्लामा सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक गिरीले बताए । गिरीका अनुसार सहकारीको संस्थागत पुँजी आठ प्रतिशतभन्दा माथि रहेको छ । आठ अर्ब ५६ करोड कूल पुँजी रहेको सहकारीको शेयर पुँजी मात्रै एक अर्ब २४ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक गिरीले बताए ।

चार अर्ब ६१ करोड रुपैयाँ बचत रहेको सहकारीले ६ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको बताइएको छ । एक अर्ब १५ करोड रुपैयाँ जगेडा तथा अन्य कोषमा रहेको सहकारीमा बाह्य ऋण एक अर्ब ४४ करोड रुपैयाँ रहेको बताइएको छ ।

सहकारीले आर्थिक वर्ष २०७५÷०७६मा आयकर वापत एक करोड ५९ लाख ८३ हजार २ सय ८३ रुपैयाँ र अन्य विविध कर तीन करोड ६८ हजार ९ सय ६८ रुपैयाँ गरी चार करोड ६० लाख ५ हजार दुई सय २५ रुपैयाँ तिरेको सहकारीले जनाएको छ । वचत तथा ऋण सहकारीको क्षेत्रमा कारोवार गर्दै आएका सहकारीमध्ये सरकारलाई सबैभन्दा बढी कर तिर्ने सहकारी समेत सहारा नेपाल नै भएको दावी गरिएको छ ।

सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई जटिल प्रकारका रोग लागेको खण्डमा निःशुल्क उपचार गर्दै आएको छ भने मधुमेह, ब्लड प्रेसर, थाइराइड जस्ता रोग भएका सदस्यलाई जीवन बरदान कार्यक्रममा सहभागी गराई औषधि समेत वितरण गर्दै आएको छ ।

वि.सं. २०८०भित्र सबै शेयर सदस्यको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको सहकारीले अहिले जीवन बरदान कार्यक्रम लागू गरेपछि धेरै शेयर सदस्यलाई राहत मिलेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताएका छन् । उनले– अहिले सहकारीका शेयर सदस्यहरु जसलाई जटिल प्रकारको रोग लागेको छ, उसको उपचार निःशुल्क हुन्छ, तर २०८०देखि जस्तोसुकै रोग लागे पनि शेयर सदस्यको निःशुल्क उपचार गर्ने तयारी गरिरहेका छौं । जसका लागि विभिन्न अस्पतालसंग सहकार्य भइरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. साहारा नेपालको एस्तो खबर पढन पाउदा खुसि लागेको छ l म पनि साहारा नेपाल साकोस को शेयर सद्य्स्य हो l बिपन्न गरिब वर्ग लाइ पनि निसुल्क सुवास्था उपचार हुने व्यस्था मिलाउनु पर्यो शेयर सदस्य लाइ मात्र होइन कि गरिब निमुखा बर्गको उपचार निसुल्क भएमा अरु प्रभाब कारी हुन्छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here