बिर्तामोड। 
ढकाल बन्धु हित तथा बंशावली एकीकृत समाजका केन्द्रीय सदस्य एवम् झापा अध्यक्ष राजेन्द्रकेशर ढकाललाई मातृशोक परेको छ ।
ढकालकी माता अविमायाको ९१ बर्षको उमेरमा उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा आइतवार निधन भएको हो । हाल बिर्तामोड–५मा स्थायी बसोबास गर्दै आएका राजेन्द्रकेशरका साथ रहेकी उनका राजेन्द्र र देवेन्द्र दुई छोरा, बिमला, इन्दु, अन्नपूर्णा र सीता चार छोरी रहेका छन् ।
पाँचथरको फिदिममा वि.स. १९८६ भदौ ११ गते जन्मिएकी अविमायाका पति कृष्णबहादुरको वि.स. २०५६ सालमा निधन भएको थियो ।
झापाका विभिन्न विद्यालयहरुमा प्रधानाध्यापक, शिक्षकका रुपमा सेवा गरेका राजेन्द्रकेशर अर्जुनधारास्थित फूलबारी माध्यमिक विद्यालयबाट सेवा निबृत्त भएका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बद्ध उनी विभिन्न सामाजिक संस्थाहरुमा समेत क्रियाशील छन् । स्व. अविमायाको अन्त्येष्टि सोमवार ११ बजे कनकाई नदीमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।






























