मेचीनगरमा जडीबुटी भण्डारण कक्ष स्थापना

३० भाद्र २०७६, सोमबार मा प्रकाशित

भद्रपुर,

नेपालमा पाइने बहुमूल्य जडीबुटी सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले मेचीनगर–१० मा जडीबुटी भण्डारण कक्ष स्थापना गरिएको छ ।

डिभिजन वन कार्यालय झापाको रु सात लाख ५० हजार र स्थानीय कृषक दीपक नेपालको रु १३ लाख ५० हजारको लागतमा भण्डारण कक्ष स्थापना गरिएको हो ।

‘ग्लोबल एग्रो एण्ड नर्सरी’ नामक भण्डारण कक्षमा नेपालमा पाइने १० प्रकारका जडीबुटी भण्डारण गर्ने सञ्चालक नेपालले बताउनुभयो ।

उहाँले उच्याउली, तुलसी, लेमनग्रास, सेन्डउड, एग्रोउडलगायत १० भन्दाबढी जडीबुटीको सङ्कलन गरी बजारमा बिक्री गरिने बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here