झापामा विप्लव समूहका जिल्ला सेक्रेटरी सहित दुई पक्राउ

0
482

बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र (मनिष) सहित दुई जनालाई प्रहरीले झापाको बितामोडबाट आज पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका – ४ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिकैबाट चिया पसलमा चिया खाइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेत्रक्रेटरी मनिष सहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् ।

विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्वर प्रदेश प्रहरी कार्यालयको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिन अघि बिर्तामोड नगरपालिका –२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा वम विष्फोट गराएको आरोपमा प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here