लागु औषध बिरुद्ध शिवसताक्षीका आमाहरु सडकमा

३० भाद्र २०७६, सोमबार मा प्रकाशित

झिलझिले ।

झापाको शिवसताक्षीमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध स्थानीय आमाहरु एकजुट हुन थालेका छन ।
लागु औषधको कारण समाजका युवा पुस्ता नराम्ररी कुलतमा फस्न थालेको भन्दै स्थानीय वडा नम्बर ८ का आमाहरु सोमबार प्लेकार्ड सहित ब्यानर लिएर सडकमा निस्कीएका हुन ।

समृद्ध समाज निर्माणका लागि लागु औषधको प्रयोग र त्यसको कारोबार बन्द गर्ने भन्दै चेतनामुलक र्यालि लिएर आमाहरु सडकमा निस्कीएको आमा समुह डुडामारीकी अध्यक्ष दुरपदा वस्नेलले जानकारी दिएकी छन । समाज सुद्ध बनाउन घर, टोल, र सिङ्गो गाँउ एक जुट हुनुपर्ने भन्दै लागुऔषध विरुद्धको जनचेतनामुलक र्याली लिएर आफुहरु सडकमा निस्कएको उनले वताईन ।

बढ्दो लागु औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि सयौको संख्याका स्थानीय महिला सडकमा र्याली सहित निस्कीएका थिए । डुडामारीबाट शुरु भएको र्याली फुलवारी चोक हुदै झिलझिले बजार परिक्रमा गरि पुन डुडामारी पुगेर कोण सभामा पििरणत भएको थियो ।

र्यालीमा आमा समुुह, स्थानीय युवाको समुह, प्रहरी लगायत स्वतस्फुर्त रुपमा विद्यार्थी पनि सहभागी थिए । स्थानीय महिलाहरुको आमा समुह लागु औषध विरुद्धको अभियानमा सडकमा निस्कीएको शिवसताक्षी नगरमा यो पहिलो हो । नगरका केहि स्थानमा लागु औषधको प्रयोग र कारोवार हुनेगरेको पाएपछी स्थानीय प्रसासनले ति क्षेत्रलाई ब्ल्याक एरियाको रुपमा किटान गरेको छ ।

कोण सभामा शिवसताक्षी नगपालिकाकी उपमेयर भोजकुमारी नेपालले समाज निर्माणमा आमाहरुको भुमिका पहिलो हुने भन्दै यस्ता रचनात्मक र चेतनामुलक कार्यले सवैको घर घरमा सहयोग पुग्ने बताईन । कार्यक्रममा वडा नम्बर ८का वडा अध्यक्ष केहरशिंह बस्नेत,ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरिक्षक कोमल ठाकुर, स्थानीय भगवती माविका प्रधानाध्यापक टेकवहादर थापा मगर, स्थानीय महिला समाजसेवी विष्णुमाया कार्की, युवा जसकुमार तामाङ्ग, सुमन सम्वाहाम्फे लगायतले घरका अभिभावक जागरुक भए कुलतमा फस्ने सम्भावना बोकेका आफ्ना नानीहरुको भविष्य उज्वल हुने बताए ।

गएको असारमा स्थापना भएको आमा समुह डुडामारीले छोटो समयमै महत्वपुर्ण काम गरेको भन्दै आमा समुह डुडामारी धन्यवादको पात्र बनेको स्थानीय बासीले वताएका छन । नेपाली काँग्रेसका स्थानीय नेता गोपाल कुँवरले आमाहरुको अभियानमा बुबाहरुले पनि सहयोग गर्नुपर्ने बताएका छन । यस्तो सकरात्मक अभियानमा कोहि कसैले पनि क्षेत्र र वर्गका आधारमा विवेध गर्नु नहुने उनले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here