जनतासंगका बाचा पुरा गर्दै शिवसताक्षीका जनप्रतिनिधी

0
683

धरमपुर ।

स्थानीय तहको निर्वाचन भएको २ वर्ष पुरा भएको छ । निर्वाचनताका मतदाताको घर घरमा पुगेर गरेको बाचा जनप्रतिनिधीले यो अवधी सम्म आधा पुरा गरेको स्वयम उनीहरुले बताउदै आएका छन ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुवास राईले निर्वाचनका वेला मतदातालाई दिएको आश्वसन मध्ये आधा पुरा भएको दावि गरे ।
निर्वाचनकाबेला वडा अध्यक्ष राईले बाटो, विजुली, तटवन्ध, जग्गाधनी प्रमाण पुर्जा, खानेपानी लगायतका समस्याको निर्वाचित भएको दुई वर्षमै पुरा गर्ने प्रतिवद्धता गरेका थिए ।

राईका अनुसार नगरको वडा नम्बर १ मा यतिवेला कच्ची सडक छैन । उनले भने, ‘स्थानीय वडा कार्यपालिका गठन पछी पहिलो प्राथमिकतामा हामीले वडाका बाटालाई स्तरिय ग्राभेल गर्ने योजना बनाएका थियौ ।’ उनका अनुसार १ नम्बर वडामा अहिले कच्चि बाटो छैन, सवै सडक ग्राभेल भईसेका छन । एकाध आग्लाबाटाहरु नगरको मापदण्ड भित्र नरहेकाले त्यसलाई पनि कसरी सम्बोधन गर्ने भन्ने विषयमा वाड कार्यपालिका तत्पर रहेको उनले बताए ।

वडाको सवैभन्दा ठुलो समस्या सुकुम्बासी समस्या हो । नेपाल सरकारको मन्त्रिपरिषद को निर्णय अनुसार गठन भएको अव्यवस्थीत बसोबास आयोगलले वडाको जग्गाधनी समस्याको सम्बोधनका लागि वडाबाट सिफारिस भईसेको वडा अध्यक्ष राईले बताएका छन । उनले भने, ‘हामीले वडाबाट गर्ने सवैकाम सकिसकेका छौ, अव जग्गाधनी प्रमाण पुर्जा बितरण हुनमात्र बाँकी रहेको छ ।’

आफु निर्वाचित भएपछी सवैभन्दा ठुलो समस्याको रुपमा रहेको वडाको अर्को खानेपानीको योजना पनी सुरु भएको छ । स्वर्गीय नरवहादुर र स्वर्गीय तारादेवी थापा स्मृती खानेपानी तथा सरसफाई योजना पनि आफ्नै वडामा संचालन गर्नपाएकामा वडा अध्यक्ष राई खुसी छन । प्रदेश सरकारको करिव १४ करोड रुपैयाँको लागतमा निर्माणहुने उक्त योजना ०७५ पौस महिना देखी शुरु भएको हो । ०७९ सालमा निर्माण सम्पन्न हुने उक्त योजनाबाट नगरका १ नम्बर सहित २,७ र ८ नम्बर वडाका करिव १२हजार जनसंख्या ले प्रसोधन युक्त पिउने पानि उपभोग गर्नपाउने वडा अध्यक्ष राईले जानकारी दिएका छन ।

वडामा रहेको विद्युतको समस्या पनि आफु निर्वाचित भएपछी यो अवधिमै सम्पन्न गरेको उनले वताए । वडामा विद्युतको समस्या छैन । प्रत्येकघरमा विजुरीलेको तार पुगेको छ । उनका अनुसार केहि केहि गाँउमा विद्युत क्षमता नभएको गुनासा आएका छन, त्यसलाई पनि हल गर्न वडा कार्यपालिका अनवरतरुपमा लागि परेकोे उनले बताए ।
वडा नम्बर १ को अर्को ठुलो समस्या भनेको नदिको कटान हो ।

जनताको तटवन्ध संग सहकार्य गरेर प्राथमिकताका आधारमा कमल खोलाको कटान नियन्त्रणका लागि स्पोर तथा वाँध निर्माण कार्य चालु वर्षमा पनि निरन्तर रहने उनले बताए । जनताले हामीलाई ५ वर्षका लागि मत जाहेर गरेर निर्वाचित बनाएपछी वडाबासीकै सहयोग र सल्लाह अनुसार वडाका योजना चयन र स्वीकृत हुने गरेको उनले बताएका छन ।

पहिलो वर्ष नगरबाट वडालाई ५० लाखको सिलिङ्ग बजेट विनियोजन भएको थियो । दोश्रो वर्ष त्यो रकम घटेर ४० लाखमा झर्यो । वडा अध्यक्ष राईले भने, ‘चालु वर्षमा पनि उक्त सिलिङ्ग बजेट स्थीर रहन गयो ।’ नगरका गौरवका योजना लाईपनि संगसगै लैजानु परेका कारण उक्त रकम स्थीर रहन गएको उनले बताए । आगामी वर्षदेखी वडाको सिलिङ्ग बजेट वढाउने पक्षमा हामि नगरकार्यपालिकाका सदस्य लागि पर्ने छौ ।

वडालाई समृद्ध र सुविधा सम्पन्न वनाउन वडाबासीले हामीलाइ दिएको समय अझैपनी करिव अढाई वर्षमाथी नै छ । तर, जनतालाई हामीले दिएको बाचा आधा समय अवधीमै लगभग पुरा गरेपनि वडा लाई अव कसरी नमुना बनाउने भन्ने पक्षमा चिन्तीत छौ । बाँकी रहेको अवधीमा पनि वडाको सिलिङ्ग बजेट बढाई थप विकास निर्माणमा लागि पर्ने उनले बताए ।

वडा कार्यपालिका भवनको लागि जग्गा उपलव्ध भएको छ । वडा अध्यक्ष राईले भने, ‘प्रदेश सरकारबाट ४५ लाख रुपैयाँ भवन निर्माणका लागि प्राप्त भएको छ अव छिट्टै भवन निर्माणकार्य थालनी हुने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here