मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न

0
289

काँकरभिट्टा ।

सनराइज बेंक लिमिटेडको १२ औं वार्षिकोत्सवका अवसरमा बुधबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैकको शाखा कार्यालय काँकरभिट्टाले नेपाल रेडक्रस सोसाइटि विर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५जना बढीले रक्तदान गरेका थिए ।

बैंक परिसरमा आयोजित कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए । बैंकका शाखा प्रवन्धक प्रतिक भट्टराईका अनुसार रक्तदाताहरुलाई बेंकका तर्फबाट फलफूल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको र सो क्रममा संकलित सवै रक्त नेपाल रेडक्रस सोसाइटि विर्तामोडलाई हस्तानतरण गरिएको कर्मचारी जेसिका लुईटेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here