बिर्तामोड,
सेनाले झापाको बिर्तामोडमा आज नागरिक शैनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोडस्थित होटल ह्यावन ग्राण्डमा सामाजिक क्षेत्रमा नेपाली सेनाले गरेको कामको चर्चा गर्दै नागरिकसंग अन्तरक्रिया गरेको हो । कार्यक्रममा पछिल्लो समय वार र पर्सामा नेपाली सेनाले ८ सय ६९ घर निर्माण गरेको जनाएको छ । टोर्नाडोका कारण वारा र पर्शामा धन जनको ठूलो क्षति भएको र सयौं परिवार घरवार विहीन भएको अवस्थामा नेपाली सेनाले घर निर्माण गर्दै समुदायलाई हस्तान्तरण गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा महासेनानी इश्वरकुमार श्रेष्ठले स्वागत गरेका थिए भने प्रमुख सेनानी प्रधुन्न पौडेल,महासेनानी शक्तिजंघ वस्नेत, सहायक रथी आशा वहादुर थापा,श्री श्रीनाथ गण चारआलीका प्रमुख मुकाहाङ याक्थुम्वा, सर्पदंश उपचार केन्द्र चारआलीका निमित्त अध्यक्ष हंशलाल राजवंशी लगायतले नेपाली सेनाले सामाजिक क्षेत्रमा गरेका कामको चर्चा गरेका थिए ।































