मिनी म्याराथनको उपाधि विवश र सोनियालाई

0
919

अर्जुनधारा,

संविधान तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा अर्जुनधारा नगरपालिकाको आयोजना र नगर युवा, खेलकुद र सांस्कृतिक समितिको संयोजनमा मिनी म्याराथन सम्पन्न भएको छ ।
अर्जुनधारा–११ स्थित देउनिया खेलमैदानबाट शुरु भई अर्जुनधारा–८ स्थित शनिश्चरे बजार चोकमा सम्पन्न भएको उक्त म्याराथनको उपाधि पुरुषतर्फ विवस श्रेष्ठ र महिलातर्फ सोनिया सेन्च्युरीले जितेका छन् ।
त्यसैगरी म्याराथनको पुरुषतर्फ द्धितीय आयुष बुढाथोकी, तृतीय विनोद हुमागाईं, चौथो हरि मगर र पाँचौं बबी चौधरी तथा महिलातर्फ द्वितीय रीता गजमेर, तृतीय रीतू मुर्मु, चौथो यशोधा गौतम र पाँचौं शिला दनुवार भएका छन् ।
नगरपालिकाका निमित्त प्रमुख रघुनाथ खनालको अध्यक्षता र प्रदेश नं.१ का सांसद् बृख प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
कार्यपालिका सदस्य रमेश त्रिखत्रीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन नगर सभा सदस्य होमनाथ दुलालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here