अर्जुनधारा,
अर्जुनधारा नगरपालिकालाई रेबिज रोगमुक्त नगरपालिका बनाउने उद्देश्यले नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बिहीबारदेखि निःशुल्क कुकुर बन्ध्याकरण शिविर शुरु भएको छ ।
हिमालयन एनिमल रेस्क्यू ट्रस्ट ९हार्ट० पोखराको प्राविधिक सहयोग रहेको उक्त शिविर असोज ६ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
शाखा प्रमुख राईका अनुसार शाखाले गत भदौ २८ गतेदेखि रेबिज रोगविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिकाका ११ वटा वडाका विभिन्न स्थानमा आयोजना गरिएको उक्त कार्यक्रम अन्तर्गत नौ सय वटा कुकुरलाई खोप दिइएको बताइएको छ ।































